Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री,इन्द्रबहादुर बानियाँँले पाए विश्वासको मत

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री,इन्द्रबहादुर बानियाँँले पाए विश्वासको मत

काठमाडौँ । बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँँले विश्वासको मत प्राप्त गरे सँगै नयाँ मुख्यमन्त्री बागमतीले पाएको हो । मङ्गलबार आज बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री बानियाँँले विश्वासको मत प्राप्त गरेका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँँले आज सदनबाट विश्वासको मत प्राप्त गरेका हुन्। नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३६ गरी ६३ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका कुल ३७ सांसदमध्ये रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा गएका कारण उनले ६३ मत प्राप्त गरेका हुन्।

यता तीनजना मन्त्री नियुक्तिको बटन लाइनमा रहेका लामा समूहका १३ जना सांसदले पनि बानियाँलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री बानियाँको विश्वासको विपक्षमा २२ मत प्राप्त भएको थियो भने ७ सांसद तथस्ट बसे। ११० सदस्यीय प्रदेश सभामा आजको बैठकमा भने ९२ सांसद उपस्थित थिए।

विश्वासको मतलगत्तै लामाले प्रस्ताव गरेअनुसारकै मन्त्री नियुक्त गर्ने शर्तमा मुख्यमन्त्री बानियाँले सहमति जनाएपछि लामा समूहले विश्वासको मत दिन तयार भएको बताइएको छ।