Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुकुल ढकालले महामन्त्री दाबी गर्दै सर्वोच्चमा दिएको रिट खारेज,महामन्त्री बन्ने बाटो अन्त्य

मुकुल ढकालले महामन्त्री दाबी गर्दै सर्वोच्चमा दिएको रिट खारेज,महामन्त्री बन्ने बाटो अन्त्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध डा.मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। पार्टीबाट महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसहितको साधारण सदस्यता खारेज गरिएको निर्णय त्रुटिपूर्ण भएको भन्दै पुनः सो पदमा बहाल गराउन माग गर्दै ढकालले रिट दायर गरेका थिए। तर, आज सर्वोच्च अदालतको संयुक्त इजलासले निवेदकको माग बमोजिम रिट जारी नहुने भनी खारेज गरेको हो।गत असार ११ गते दायर उक्त रिटमा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको थियो, जसमा नयाँ महामन्त्री तथा प्रवक्ता अद्यावधिक नगर्न निर्देशन दिन माग गरिएको थियो।

सर्वोच्चका माननीय न्यायाधीश डा नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाएको हो।राष्ट्रिय स्वतन्त्र पार्टीको कानुन विभाग प्रमुख सोबिता गौतमले नेतृत्व गरेको यस मुद्दामा पार्टीको तर्फबाट वरिष्ठ अधिवक्ता द्वय रमण कुमार श्रेष्ठ र डा.दिनमणी पोखरेल, अधिवक्ताहरू सुलभ खरेल, यज्ञमणी न्यौपाने, हेमराज उपाध्याय, नवराज पुडासैनी, गणेश दत्त देवकोटा लगायतले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट भने वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी, राम नारायण बिडारी, सतिश कृष्ण खरेल र गोपाल कृष्ण घिमिरे लगायतले बहस गरेका थिए। इो संगै उनी अब रास्वपाको महामन्त्री बन्न नपाउने भएका छन् । पार्टीको साधारण सदस्यबाट पनि निकालीएका मुकुल सामाजीक सञ्जालमा आफै महामन्त्री भएको भन्दै डोङ पिटिरहेका थिए । अब भने उनको मुखमा बुझो लागेको छ । यस अगाडी निर्वाचन आयोगले रास्वापाले मुकुललाई कारवाहि गरेको निवेदन पठाउँदा पनि अध्याबधिक नगरे पछि झन तनाव भएको थियो । मुकुल आफुलाई पुन महामन्त्री बनाउँनु पर्ने भन्दै अदालत पुगेका हुन् ।

अहिले रास्वपा संथग मुकुलको पानी बाराबारको सम्बन्ध छ । उनले बेला बेला पार्टी सभापति रवि लामिछानेको बिषयमा आलोचना गर्दै आएका छन । यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो। त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो। साथै अन्तरिम आदेश जारी हुने कि नहुने भनी निक्र्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो। पार्टीबाट निष्काशन गर्नुअघि ढकाल निलम्बनमा परेका थिए। मुकुल पछिल्लो समय सभापति लामिछाने र रास्वपाका नेतामाथी आक्रामक रुपमा प्रस्तुत हुदै आएका छन । सामाजीक सञ्जालमा अनावश्यक गाली गलौज गर्दै हिडेपछि रास्वपा समर्थक भने उनी माथी नै खनिने गरेका छन ।