काठमाडौँ । रवि लामिछाने लाई थुनामै पठाउने आदेश आएसँगै उनकी पत्नी निकिता पौडेल लामिछानेले श्रीमानले न्याय नपाएसम्म लडिरहने बताएकी छिन । उनलेसरकारले साँधेको प्रतिशोध विरुद्ध निरन्तर लड्ने उद्घोष पनि गरेकी छिन । उनले लेखेकी छिन, म थाकेकी छैन, हारेकी छैन ।
संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु । रवि लामिछानेले थुनामुक्त हुन दिएको निवेदनमा पनि रवि लाई आज मात्रै थुनामै पठाउने आदेश जारी भएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछाने लाई थुनामा पठाउन आदेश जारी गरेको हो ।