Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले एमालेको परराष्ट्र विभागबाट दिइन राजीनामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले एमालेको परराष्ट्र विभागबाट दिइन राजीनामा

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले नेकपा एमालेको परराष्ट्र विभागबाट राजीनामा दिएकी छन् । एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ। भण्डारीले तीन दिनअघि राजीनामा दिएको स्रोतको दाबी छ। एमाले पूर्वउपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय माथी एमालेले रोक लगाए पछि उषा किरण रुष्ट छिन् । एमालेले विद्यालाई आउन रोक्ने मध्यरातमा सदस्यता नविकरण नगर्ने बताएको थियो ।

भण्डारीलाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाएपछि स्वर्गीय मदन भण्डारीको छोरी उषाकिरणले राजनीतिमा आउन रोक लगाउने निर्णयबाट आफू अचम्मित नभएको भन्दै साउन ८ मा सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकी थिइन्। अहिले विद्यालाई एमालेमा जाने बाटो बन्द गरे संगै विद्या भने फरक कोणबाट अगाडी बढेकी छिन ्। उनका गतिविधिले एमाले मात्र हैन, सिङ्गो राजनीतिमा नयाँ तरंग ल्याएको छ । आमालाई एमालेमा जान रोके संगै उषा किरणले उक्त पदमा आफू नबस्ने जानकारी परराष्ट्र विभाग सचिव रघुवीर महासेठलाई गराएकी हुन् ।उनी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष हुन् । उषाकिरण भण्डारी रघुवीर महासेठ परराष्ट्र मामिला विभाग प्रमुख हुँदा मात्र होइन डा। राजन भट्टराई प्रमुख हुँदा पनि त्यसको विभागीय सदस्य थिइन्।

त्यसयता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउनका लागि आफू सक्रिय रहने भन्दै त्यसका लागि छुट्टै कार्यालय समेत स्थापना गरिसकेकी छिन्। त्यसलाई विद्या भण्डारीको सम्पर्क कार्यालयको रूपमा पनि हेरिएको छ। एमालेको विधान महाधिवेशन नजिक आइरहेका बेला विद्या भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेर पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट गर्ने भएकी छिन्। यता नेकपा एमालेका अध्यक्ष ओलीले विद्याको बाटो बन्द गदर्द गर्दा काभ्रेमा भने विद्याको पक्षमा धेरै नेता उभिएका छन् । ओली अध्यक्ष चुनिने बेलामा समेत ९० प्रतिशत मत एमाले काभ्रेबाट भएकोमा पछिल्लो समय उनैका विरुद्ध यहाँ समान्तर कमिटी बन्न थालेको छ । पार्टीको जिल्ला अधिवेशन देखिनै ओली पक्ष कमजोर बन्दै गएको एमाले काभ्रेमा अनेरास्ववियु हुँदै युवा संघमा समेत पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको एकलौटी कमिटी घोषणा गर्दै काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ ।

बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशन समेत नमानेर पूर्वराष्ट्रपति समेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीको पक्षमा खुलेको जिल्ला नेतृत्वको समर्थन पाएको समूहले विवादबीच अधिवेशन गरेको हो । ओली पक्षको नेतृत्व गरेका युवा संघका उपाध्यक्ष रुपक रायमाझीले जिल्लामा भएको अधिवेशन अवैधानिक भएको बताएका छन् ।