काठमाडौँ । कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन्।
‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि।सं। २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो। त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन।
हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।