Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले जबाफ दिने, बैठक आजै सकिदै

माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले जबाफ दिने, बैठक आजै सकिदै

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले जबाफ दिनेछन्। शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र एजेन्डाहरूमाथि शनिबारदेखि सदस्यहरूले आफ्नो धारणा राखेका थिए।

त्यसमा अध्यक्ष प्रचण्डले आज जबाफ दिने प्रवक्ता सापकोटाले बताए। त्यसपछि निर्णय गरी आजै बैठक समापन हुनेछ। बैठकले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय गर्नेछ।