Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाको साउन मसान्त सम्मको क्यालेन्डर तय, यस्तो छ क्यालेन्डर !

प्रतिनिधिसभाको साउन मसान्त सम्मको क्यालेन्डर तय, यस्तो छ क्यालेन्डर !

काठमाडौं - प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । क्यालेन्डरअनुसार प्रतिनिधिसभा बैठक आज सोमबारसहित ६ दिन बस्नेछ ।

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया सहभागी बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो ।

तय गरिएको पाक्षिक सम्भावित कार्यतालिकाअनुसार प्रतिनिधिसभा बैठक साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेछ ।