काठमाडौं- प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुखको भूमिकामाथि नै प्रश्न उठेको छ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन् । उनले भिजिट भिसा आफैँमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताए ।
उनले भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाए ।