काठमाडौँ, ११ साउन । जल स्रोतको देस्रो धनि देश नेपाल तर, यहाँ न त खानेपानी सबैको घरमा पुगेको छ । नत बाल्ने बत्ति नै । १८–१८ घण्टा लोडसेडिङको मार खेपेका जनतालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो दिए । अहिले उनी हटेको राम्रो ६ महिना पनि पुगेको छैन ।
यता प्राधिकरणले लोडसेडिङको तालिका निकाली सकेको छ । काठमाडौँ उपत्यका लगायत ठाउँमा अघोसित लोडसेडिङ भई रहदा भितवनमा भने अहिले लोडसेडिङको तालिमा नै निश्किएको छ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरण गर्ने विद्युत अनियमित भएको करिब महिना दिन नै भइसकेको छ । यस क्षेत्रका ग्राहकहरूले केही दिनयता वितरण केन्द्रमा धर्ना दिएर विद्युत आपूर्ति नियमित गर्न दबाब पनि दिएका थिए । तर, आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ त्यो पनि दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको छ ।
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ गर्नु परेको जनाइएको छ । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ । ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पि–एर भन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने अवस्था रहेको छ ।तर, अहिले विद्युत माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।
उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ । नागरिकका दबाबका बीच केन्द्रले हिजो शनिवार सूचना नै निकालेर आज आइतबारका लागि ६ घण्टा विद्युत आपूर्ति रोकिने जानकारी दियो । तीनवटा फिडरमा फरक फरक समयमा गरी तीन पटक विद्युत आपूर्ति रोकिने केन्द्रको सूचना आएपछि लोडसेडिङ तालिका निकालेको भन्दै प्राधिकरणको अहिले चौतर्फी आलोचना भई रहेको छ ।
यही सूचनाको विषयमा चनौली वितरण केन्द्रले भने विद्युतको खपत अत्यधिक भएकोले मर्मत गरेर प्राविधिक समस्या मिलाउन निकालिएको एक दिने सूचनालाई मिडियाले अतिरञ्जित गरेको जनाएको छ ।अहिले पश्चिम चितवनमा ४७ हजार विद्युतका ग्राहक छन । कुल ग्राहक मध्ये सिँचाइको मात्रै २० प्रतिशत ग्राहक छन । बसेनी सव स्टेशनबाट ३३ केभी डक कन्डक्टर तारमा ३ सय एम्पियर भन्दा बढी विद्युत आपूर्ति गर्न मिल्दैन । तर, अहिले एकैपटक खेत रोप्ने समय र गर्मीको समय भएकोले यस क्षेत्रमा ४ सय देखि ४ सय ५० एम्पियर विद्युत माग रहेको प्राधिकरणको दाबी छ । अहिले बर्खामासको समय भए पनि पर्याप्त पानी नपर्दा समस्या झन बडेको छ ।