काठमाडौं, ११ साउन
प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा आइतबार आयोजित एक समारोह बीच वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको विरूवा रोपण गर्नुभएको थियो।
सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह(प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको थियो ।
सो अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरू, आलुबखडा, अनार, नासपाती, एभोकाडो लगायतका १ सय ४० थान विरूवा रोपण गरिएको थियो ।