काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।
अध्यक्ष श्रेष्ठसहितका २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना केन्द्रीय सदस्यहरूले आज संयुक्त रूपमा बैठक बोलाउन माग गरेका हुन् ।दिउँसो १ बजे नाउपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय सदस्य बोलाउने निर्णय गरेको थियो ।
अध्यक्ष रन्जिता श्रेष्ठलाई पटक पटक बैठक बेलाउन आग्रह गरे पनि अध्यक्ष श्रेष्ठले बैठक बोलाउन आनाकानी गरेको बहुमत केन्द्रीय सदस्यहरूको आरोप छ । बैठक नबोलाएर ११ गते २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने उनीहरूको भनाइ छ ।