Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि गरे हस्ताक्षर

रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि गरे हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध पूर्वमन्त्री रमेशनाथ पाण्डे हस्ताक्षर गरेका छन ।

आज रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँ वनस्थली पुगेर पाण्डेले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन । लामिछानेको पक्षमा हस्ताक्षर अभियान संगै रकम संगलन पनि उल्लेख्य मात्रामा उठीरहेको छ । लामिछानेको पक्षमा २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर गरेका छन ।

पार्र्टी स्थापना दिवसको अवसरमा असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म सात वटै प्रदेश, केन्द्रीय कार्यालय, काठमाडौंर्मा यापिड एक्सन टिमको व्यवस्थापनका बुथ, ह्वास्टएप, इमेल मार्फत गरी ३२ दिनमा २७ लाख ५० हजार बढीले हस्ताक्षर गरेका छन ।

रास्वपाले सामाजिक सञ्जाल ह्वाट्सएप मार्फत सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय ०६, मधेश प्रदेशबाट १ लाख ४ हजार, ३ सय ६०, बागमती प्रदेशबाट ७ लाख, १३ हजार, ३ सय ३१, गण्डकी प्रदेशबाट ५ लाख, १२ हजार, ९ सय १४, लुम्बिनी प्रदेशबाट २ लाख, ५२ हजार, ४ सय ३१, कर्णाली प्रदेशबाट ७२ हजार, १ सय ४२ र सुदूरपश्चिम प्रदेश १ लाख, १० हजार, ५ सय १२ जनाले हस्ताक्षर गरेका छन ।यस्तै, केन्द्रीय कार्यालयबाट ३६ हजार, ५ सय, १०, काठमाडौंमा र्याटको व्यवस्थापनका बुथबाट ७४ हजार, १ सय १३, ह्वाट्सएप मार्फत ७ लाख, ५ सय ५२ र इमेल मार्फत ८३ हजार, ५ सय ६६ जनाले हस्ताक्षर गरेका छन । रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेबाट देशव्यापी हस्ताक्षर अभियान चलाएको थियो ।