काठमाडौँ । रास्वपाका सभापति एवम पुर्व गृहमन्त्री रवि लामिछाने पुपपक्षका लागी थुनााम गए पछि सहकामरीको बिषय सेलाएको छ । सहकारी ठगीमा मुख्य नाईके रहेका जीवि राई अहिले सम्म फरार छन् । उनलाई खोज्दै सरकारले अहिले कुनौ कसरत गरेको छैन । रवि लामिछाने पक्राउ पर्नु अगाडी जब गृहमन्त्री थिए त्यतिबेला उनलाई बसीखान नदिएको काँग्रेस अहिले मौन छ । तत्कालीन समयमा करिब एक महिना सम्म सहकारीको नाममा संसद अबरुद्ध गरेपछि रविले गृहमन्त्रीबाट हात धुनु पर्यो ।
सहकारी छानविन समिती बन्यो त्यसपछि रवि लामिछाने पक्राउ परे । अहिलेका गृहमन्त्री रकेश लेखक पनि भिजिट भिषामा मुछिए पछि प्रतिपक्षमा पुगेको रास्वपाले २ महिना बढी भष्यो यो मुद्धा उठाएको राम्रो संग छानविन सम्म भएको छैन । तर, रवि माथी आरोप लागने बित्तिकै एक्सन सुरु भएको थियो । उनी माथी ५ ओटा सहकारीको पैसा अपचलनको आरोप छ । तर, त्यसका मुऋय नाईके जिवी राई अहिले सम्म फरार छन् । उनलाई सरकारले कसै गरे पनि पक्रन सकेको छैन । एक महिना गृहमन्त्री बनेका लामीछानेलाई जीवि कहिले पक्रिनु हुन्छ भनेर प्रश्न तेर्साउने काँग्रेसका नेताहरु अहिले आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखक गृहमन्त्री बनेको बर्ष दिन बित्ता पनि पक्राउ गर्न सकेका छैनन । अहिले जिवीलाई सरकारले भगाएको आरोप लागी रहेको छ ।
सोही छानबिनका आधारमा सहकारी ठगी प्रकरणमा जीबी राई मात्रै नभएर रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता खुलाए पछि दुवैजना पक्राउ परे । हाल लामिछाने र जोशी दुवै रुपन्देही कारागारमा राखिएका छन । उनीहरु जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया अन्तर्गतको ज्ञलेक्सी टेलिभिजनमार्फत सहकारीको रकम ठगीमा जोडिएका हुन । तर, विभिन्न सहकारी सञ्चालन गरेर ठगी गर्ने मूख्य योजनाकार जिबी राई भने अझै फरार छन । रवि रहे सम्म जिवी खोई भन्ने काँगेसका नेताहरु अहिले आफ्नै गृहमन्त्रीलाई प्रश्न गर्ने हिम्मत सम्म पनि गर्दैनन् । जीविलाई खोज्नुको सट्टा सरकार रवि माथी नै हात धोएर लागेको भन्दै रास्वा आक्रामक छ । हुन पनि सरकारको नियती ठ्याक्कै त्यस्तै देखीएको छ । अहिले नत सहकारी ठगीमा परेका जनताले बचत फिर्ता पाएका छन ।