काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सँग मुख्य र ठुला दलहरु डराइरहेका छन । को आँखामा बिझाई रहेको छ अहिले पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा कारागार चलान भए पछि पनि रास्वपा सरकार संगै आफ्नो क्षमताले भ्याउ सम्म लडिरहेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुलाकोटीले भने एक मिडियामा अन्तर्वाता दिदै मिल्ने भए सरकारले रास्वपा नै खारेज गर्ने बताएका छन । उनले रास्वपाको जासुस गर्न टिम नै खडा गरेको पनि आरोप लगाएका छन।
रास्वपाका स–साना गल्ती पनि अहिले सामाजीक सञ्जाल देखी सञ्चार माध्यम सम्म छाउछन् भने मुख्य दलका काण्ड कतिपय ढाकछोपमै सिमीत पनि छन् । रवि लामिछाने बिना टुहुरो बनेको रास्वपाले उनको बिकल्प तत्कालका लागी अरुमा देखेको छैन । रविले कारागारबाटै भए पनि पार्टीलाई दिशा देखाई रहेका छन ्। ऋहिले धेरैले रवि लामिछाने तत्काल राजनितीमा फर्कने चान्स नभएकाले अब उनकी पत्नी निकीता पोडेलले पार्टी हाँक्ने हुनकी भन्ने कतिपयले अनुमान गरिरहेका बेला बुर्लाकोटीले रबि लामिछानेको ठाउँमा उनी पत्नी निकिता पौडेललाई लाई नल्याउने बताएका छन । उनले रास्वपामा परिवारवाद नहुने र पार्टीको डिएनएमै अर्थात घोषणापत्रमै परिवारवाद निषेध गरिने कुरा रहेकाले निकिता लाई रविको ठाउँमा राख्न नसकिने बताएका हुन । रास्वपाले परिवारबादलाई निसेध गरे पछि रवि लामिछानेका दाई हरिशरण लामिछाने पनि भाई संग आक्रामक बन्दै आएका थिए ।
भाई रविका बिरुद्ध बोल्दै आएका थिए । तर, अहिले भने रवि कारागार चलान भए पछि भने केहि नरम छन् । उनको लागी भन्दै हरिशरण लागी पर्न थालेका छन । अहिले रास्वपा सिंगो पार्टी रविमाथी प्रतिशोध साँधिएको भन्दै उनको पक्षमा लड्दै आएको छ । रास्वपाले भने एक्लै ठुला दल संग लडिरहेको छ । अब आउने ८४ सालको निर्वाचनामा रास्वपाले राम्रो जनमत ल्याउने अपेक्षा समेत गरेको छ । त्यसै अनुसार वडा तह देखी काम समेत सुरु गरेको छ । ठुला दले रास्वपालाई सानो कुरा पाए पनि खेदो खन्न थालिहाल्छन् । त्यसैले पनि पार्टी सभापति कारागारमा हुदाँ पनि रास्वपाको हाईट भने घटेको छैन । पुराना दलबाट वाक्क बनेका जनताले ८४ मा मत फेर्नृे सम्भावना बलियो छ । किन भने पछिल्लो समय भई रहेका उपचुनावले पनि नयाँ दल प्रति जनताको आकर्षण बढेको देखाउँछ ।
अहिले झन रास्वपाले हस्ताक्षरु ऋभियान संगै ८४ लाई सहयोग हुने गरिजनमत बटुली रहेको छ । हस्ताक्षर अभियानलाई मिनी निर्वाचनका रुपमा पनि हेरिरहेको छ । ठुला दलको आँखाको कसिंगर बनेको रास्वपाले आफुलाई स्थापित गराउन सुरुवाती चरणबाटै संघर्ष भने गर्दै आएको छ । जति चर्चामा छ त्यति रास्वपा समस्यामा पनि छ ।