Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नै बुबाको हत्या आरोपमा अंसारी पक्राउ

आफ्नै बुबाको हत्या आरोपमा अंसारी पक्राउ

सुनसरी । आफ्नै बुबा ६० वर्षीय सबिब अंसारीको हत्या गरेको अभियोगमा देवानगंज गाउँपालिका (३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको विषयलाई लिएर बादविवाद हुँदा मोहम्मदले छुरा प्रहार गर्दा सबिब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।