Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्या भण्डारीलाई राजनीतिमा फर्किन रोक लगाएपछि विद्याकी छोरीले के भनिन ?

विद्या भण्डारीलाई राजनीतिमा फर्किन रोक लगाएपछि विद्याकी छोरीले के भनिन ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्किन नेकपा एमालेले ढोका बन्द गरिदिएको छ। केन्द्रीय समितिको बैठक सकिँदै गर्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई ढोका बन्द गरेका हुन् । त्यस पछि भण्डारीकी छोरी उषा किरणले आक्रोस पोखेकी छिन् । उनले सामाजीक सञ्जालमा लामो स्ट्याटस लेख्दै दुख समेत ब्यक्त गरेकी छिन् ।

उनले विगतमा पुष्पलालको परिवारले राजनीति गर्न नचाहेको बताउँदै पार्टीप्रति नैतिक समर्थन जनाउन पनि मुश्किल परेको स्मरण गरेकी छन । उनले उक्त ज्ञानको बोझ यहाँनेर बिसाउने मौका दिएको उनले बताएकी छन उषाकिरणले आफू भने निर्णय र त्यसमा पुग्न प्रयोग गरिएको ‘तिगडम’बाट अचम्मित बताएकी छन । उनले सामाजीक सञ्जालमा लेखेकी छिन् , तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छरु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।

अनि,आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग , मलाई उहिले उहिले लाग्थ्यो किन उहांको परिवार सिपीएन युएमएल मा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन्। र नैतिक समर्थन खोज्दैनन पनि। यो ज्ञानको बोझ आज यहां बिसाउने मौका यो प्रकरणले दियो त्यस कारण यो प्रकरणलाई धन्यवाद उनले भनेकी छिन्। पछिल्लो समय भण्डारीले सार्वजनिक रूपमै सक्रिय राजनीतिमा फर्किने इच्छा देखाउँदै आएकी थीन्। स्रोतका अनुसार ओलीले बैठकमा कठोर प्रस्ताव गरेपछि उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए।

तर, अरु सबैले ओलीको होमा हो मिलाए पछि राजनितीमा आएर एमालेको नेचतृत्व गर्ने विद्याको सपनामा तुसारापात परेको छ । साउन १ गते बसेको पार्टीको सचिवालय बैठकमा भण्डारीलाई रोक्दै तेस्रो कार्यकाल पनि आफैँ अध्यक्ष बन्न उनले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा रहन नपाउने व्यवस्था हटाउने विधान संशोधन प्रस्ताव बहुमतबाट पास गराए।तर, विद्याले अध्यक्ष पद खोस्ने देखेपछि उनैलाई आउने बाटो बन्द गरिदिए । बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन पार्टी विधान र मर्यादाले नदिने भन्दै पार्टी सदस्यता नवीकरणमा रोक लगाउन गरेको अध्यक्ष ओलीको प्रस्ताव पारित गरेको हो ।