Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई अडियो घुसकाण्ड मा संलग्न मन्त्रीलाई पक्राउ गर्न दिए चुनौती

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई अडियो घुसकाण्ड मा संलग्न मन्त्रीलाई पक्राउ गर्न दिए चुनौती

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन ।

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै शाहीले नैतिकताको प्रश्न उठाउँदै उनले यसबारे तत्काल कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालयमाथि नै प्रश्न उठेको बताए । उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालयमाथि नै प्रश्न उठेको बताए। एनले सामाजीक सञ्जालमा भनेका छन् । अलिकति मात्र नैतिकता बाँकी छ भने प्रधानमन्त्री केपी शर्मा ओली ज्युले पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ।

खुलमखुला घुस लिएको अडियोसम्म सार्वजनिक हुँदा अझै ढाकछेप गर्नुले प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको सचिवालय नै उक्त घुसकाण्डमा संलग्न भएको प्रमाणित हुन जान्छ। एनले भनेका छन । यस घटनाले त्यस समयमा नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको थियो र सरकारको पारदर्शितामाथि गम्भीर प्रश्नहरू उठेका थिए। यस अडियो प्रकरणले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको सरकारमाथि नै प्रश्नचिह्न खडा गरेको थियो। निर्वातमान मन्त्री राजकुमार गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको थियो। मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको थियो । जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि मुछेका छन ।

गुप्ताले राजीनााम दिए पनि अधिकारीले भने दिएका छैनन । यता यहि घटनामा जोडिएकी नागरिक उन्मुत्तिःपार्टिकी अध्यक्ष रञ्जिता श्रेष्ठ संग पनि अक्तियारले बयान लिएको छ । अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।