Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपामा आजबाट रुपन्देही–३ मा लड्ने उम्मेदवारले निवेदन दिन पाउने, मोबाइलबाटै आवेदन दिन सक्ने

रास्वपामा आजबाट रुपन्देही–३ मा लड्ने उम्मेदवारले निवेदन दिन पाउने, मोबाइलबाटै आवेदन दिन सक्ने

काठमाडौँ । रास्वपाले रुपन्देही९३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । पछिल्लो समय रास्वपामा भने आकांक्षिको लर्को लागेको छ । स्रोतका अनुसार करिव एक दर्जन नेता लाईनमा छन ्। तर, रास्वपाले भने सकभर स्थानिय र राम्रो मान्छेको खोजी गरिरहेको छ । यो उपनिर्वाचन रास्वपाका लागी प्रतिष्ठा संग जोडिएको छ । पार्टी सभापति पनि सहकारी ठगीमा रुपन्देहीमै भएकाले रास्वपालाई भने चुनौति धेरै नै छ ।

२१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन । अहिले धमाधम दलहरुले रुपन्देहीमा उमेर दवार छनोट गर्दै छन । त्यसका लागी रास्वपाले पनि आवेदन आह्वान गरेको हो । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन ९साउन २३ र २४० का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ ।२५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशीता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ ।

रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि यस अगाडी नै सार्वजनिक गरेको छ । रूपन्देही–३ को उपचुनावको सन्दर्भमा रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि तयार पारेको थियो। कार्यविधिअनुसार उम्मेदवार हुन ६ वटा योग्ता तय गरिएको छ । कार्यविधिअनुसार प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योज्ञ भएको व्यक्ति उम्मेदवार हुन पाउनेछन ।पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको हुनुपर्नेछ।त्यस्तै प्रहरी रिपोर्ट पेश गरेको हुनुपर्नेछ । जसमा असल चालचलन रहेको हुनुपर्ने रास्वपाले बताएको छ ।भ्रष्टाचार, जबरजस्ती करणी, मावन बेचबिखन तथा ओसारपसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ । उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन ।निर्वाचन आयोगले रुपन्देही९३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।