काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद जाने भएका छन । उनले संसदमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका हुन । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका हुन । त्यस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्री पदमा नियुक्तसम्बन्धी पत्र सभामुखले वाचन गर्नेछन्।
त्यस्त राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ माथि विचार गरियो भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
तर पछिल्लो समयमा संसद निरन्तर रुपमा अवरुद्ध हुँदै आएको छ । रास्वपा देखि राप्रपा सम्मले विभिन्न विषय उठाउँदै संसद अवरोध गरिरहेका छन । हिज मात्रै सभामुखले रास्वपा र राप्रपा सँग यस विषयमा छलफल गरेपनि निष्कर्ष निस्कन नसकेको बुझिएको छ,जसले गर्दा आज पनि संसदमा अवरोध जारी रहन सक्ने अनुमान गरिएको छ ।