काठमाडौँ । यतिबेला नेपाली काँग्रेसमा को उत्तराधिकारी बन्ने भन्ने रस्साकस्सी सुरु भएको छ । रिटायर्ड हुन लागेका पार्टी सभापति शेरबहादुर देउवाले कस्लाई कुर्सी सुम्पिने हुन् भन्ने चासो बढेको छ । अहिले माओवादीमा प्रचण्ड र एमालेमा ओलीले पार्टी नेतृत्व नछाडी राख्दा देउवाले सहजै छाड्लान भन्ने बहस पनि एकातिर छ । तर, देउवाले सार्वजनीक कार्यक्रम मार्फत आफु अब सभापति नबने बताई सकेका छन। उनी रिटायर्ड हुदै गर्दा उनको ठाउँमा आउने नेताहरुको लर्को छ । संस्थापन ईतरपक्षका डा.शेखर कोईराला र महामन्त्री गगन थापा चर्चामा रहि रहदा उता संस्थापन पक्षमा को बन्ने भन्ने चासो छ ।
संस्थापनपक्षमा प्रकाशमान सिंह देखी अन्य पाका नेता दाबेदार छन् । अझ देउवाले परराष्ट्रमन्त्री समेत रहेकी श्रीमती आरजु राणालाई पार्टी सुम्पीने हुनकी भन्ने आशंका पनि कायमै छ । पार्टी सभापति मात्रै नभएर आरजु पहिलो महिला प्रधानमन्त्री बन्ने होडमा छिन । अहिले महाधिबेशन नजिकिए संगै काँग्रेसमा भाबी सभापतिको बिषयमा छलफल सुरु भई सकेको छ । सोमबार मात्रै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेलामा १५ औँ महाधिवेशनमा आफूभित्रबाटै नेतृत्व हुनुपर्ने निष्कर्ष निकालेर आज सभापति शेरबहादुर देउवालाई भेट गरेका छन्।हिजो भेला भएका सातमध्ये ५ नेताहरू बुढानीलकण्ठ पुगेका थिए। सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए।
तर आज कोइराला र निधि गएनन्।बुढानीलकण्ठ पुगेका नेता श्रेष्ठले सभापतिलाई आफूहरूलाई अन्याय नगर्न आग्रह गरेको बताए। आफूहरूको भेलाले इतर पक्षका नेता डा। शेखर कोइरालाको पछिल्ला गतिविधि महत्त्व दिन लायक नभएको निष्कर्ष निकालेको पनि संस्थापन पक्षका नेताहरुको भनाई छ । कांग्रेसको १५ औँ महाधिवेशन अझै अनिश्चित छ। तर नेताहरूले महाधिवेशन लक्षित गरेर नेतृत्वको दौड थालिसकेका छन्। देउवालाई अर्को कार्यकाल नेतृत्वमा आउन विधानले छेक्ने भएकाले संस्थापन पक्षका नेताहरूले आफूभित्रबाटै उत्तराधिकारी तोक्न दबाब दीरहेका छन्। देउवाले आफूले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि वचन नदिएको बताएका छन । केही नेताले १५ औँ महाधिवेशनमा सभापतिमा सभापतिको ‘ग्रिन सिंङ्नल’ पाएको भनेर प्रचार गर्दै हिंडेको भन्दै सत्यता के हो भनेर सोधेका थिए । त्यसपछि देउवाले आफूले कसैलाई पनि वचन नदिएको बताएका छन् । अहिले गगन र शेखर भने आ–आफ्नै तयारीमा छन् । तर, सात भाईले भने देउवाको आर्शीबाद खोजिरहेका छन ्। उनीहरु मध्ये कस्ले पार्टीको नेतृत् वगर्ने भन्ने बिषयमा छलफ हुन बाँकी नै छ ।