अहिले एमालेको नेतृत्व आफुले गर्ने भन्दै पुर्व राष्ट्रपति विद्या भण्डारी मैदानमा उत्रिए पछि अध्यक्ष केपी शर्मा ओली तनावमा छन् । उनले भण्डारीलाई कुनौ पनि हालतमा अगाडी बढ्न नदिने रणनिती बनाएका छन । यतिबेला केही नेता भण्डारीको पक्षमा खुलेपछि उनी चिडिएका छन। त्यति मात्रे होईन के पी ओलले आफनै कार्यकर्ताको अपमान गरेका छन । विद्या भण्डारी सँग एमाले पार्टी कार्यालय पुगेका नेताहरू प्रकाश पौडेलसहितको टोलीलाई ओलीले चुनाव हारेकाहरु भन्दै अपमान गरेका हुन । पार्टी कार्यालय च्यासलमै पनि ओलीले पराजितहरू भनेर आफ्नै कार्यकर्ताहरूको किन अपमान गरेको भन्दै टिप्पणी भइरहेको छ ।
साउन ४ गते दिउँसो ३ बजे एमालेकी पुर्व उपाध्यक्ष तथा पुर्व राष्ट्रपति विद्या देवी भण्डारी एमाले अध्यष केपी शर्मा ओली भेट्न पार्टी कार्यालय च्यासल पुगेकी थिईन । भण्डारी भने पार्टी कार्यालय आइन र झण्डै ४० मिनेट कुरिन । विद्या पार्टी कार्यालय मै गए पछि एमालेका नेता कार्यकर्ताको ठूलो भिड थियो । त्यसमा पनि भण्डारीनिकट नेता कार्यकर्ता पनि धेरै सथिए । उक्त दिन एमाले अखिलको चुनावमा पराजित भएका नेताहरू प्रकाश पौडेलसहितको टोली पनि च्यासल पुगेको थियो । उनीहर विद्याको प्षका नेता भएको बताइन्छ । यस अगाडी अखिलको चुनावमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन खोजेका थिए । तर, पौडेलको समूहले चुनावका लागि बाध्य पारेको थियो ।पौडेल कडरियासँग जम्माजम्मी ७ मतले मात्रै पराजित भएका थिए ।
अखिलका यी नेताहरूको टोलीसँगै पोखरामा भएको युवा संघको महाधिवेशनमा अध्यक्षमा पराजित सुमन पुरीहरू पनि आइतबार च्यासलमा थिए । पुरीसहितको इतर समूह झिनो मतान्तरले पराजित भयो । ५ साउनमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पराजितहरू भण्डारीको पछि लागेर आएको टिप्पणी गरेका थिए । केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेकाहरू पनि देखिए ।’ओलीले भनेका थिए । त्यसपछि पौडेलले सामाजीक सञ्जालबाट खुला पत्र लेख्दै आफ्नै नेताबाट हारेकाहरूं भन्ने शब्द प्रहारले मुटु छियाछिया हुँदो रहेछ भनेका छन ।
७ मतले हार्नु मेरो भाज्ञ होला, त्यो अंकगणितलाई मैले सहर्ष स्वीकार गरें। तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट असन्तुष्ट र हारेकाहरूू भन्ने शब्दले प्रहार हुन्छ,तब मन रुँदो रहेछ अध्यक्ष ज्यू। छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ॥। मुटु छियाछिया हुँदो रहेछ। हिजो सडकमा तपाईंको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौं गुणा गहिरो हुँदो रहेछ।
हामीलाई थाहा छ, तपाईंलाई एउटा सिमित घेराले भ्रममा पारेको छ। तपाईंको वरिपरि एउटा यस्तो पर्खाल खडा गरिएको छ, जसले तपाईंलाई आम कार्यकर्ताको साँचो आवाज सुन्नबाट रोकिरहेको छ। उनले भनेका छन ।