Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाले माग्यो उपनिर्वाचनमा उम्मेदवारका लागि दरखास्त, ६ वटा योग्यता चाहिने

रास्वपाले माग्यो उपनिर्वाचनमा उम्मेदवारका लागि दरखास्त, ६ वटा योग्यता चाहिने

काठमाडौँ । सबैको केन्द्रमा रहेको रुपन्देही–३ को उप निर्वाचनका लागि रास्वपाले उम्मेदवारको आवेदन आह्वान गरेको छ।अहिले धमाधम दलहरुले रुपन्देहीमा उमेर दवार छनोट गर्दै छन् । त्यसका लागी रास्वपाले पनि आवेदन आह्वान गरेको हो । सोमबार पार्टीका सचिव भूमिनन्द बरालले सूचना जारी गर्दै रुपन्देही९३ मा कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन आह्वान गरेका हुन्। साउन ७ गतेदेखि २१ गतेसम्म पार्टीमा उम्मेदवारीको आवेदन दिन सकिन्छ भने उम्मेदवारको नामावली २२ गते प्रकाशन गर्नेछ।यस्तै साउनको २३ र २४ गतेसम्म उम्मेदवार उपर दाबी र विरोध गर्न सक्ने छ। साउन २५ गते उम्मेदवारसँग छलफल हुने जनाइएको छ। रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि यस अगाडी नै सार्वजनिक गरेको छ । रूपन्देही–३ को उपचुनावको सन्दर्भमा रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि तयार पारेको थियो। कार्यविधिअनुसार उम्मेदवार हुन ६ वटा योग्ता तय गरिएको छ ।

कार्यविधिअनुसार प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको व्यक्ति उम्मेदवार हुन पाउनेछन ।पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको हुनुपर्नेछ।त्यस्तै प्रहरी रिपोर्ट पेश गरेको हुनुपर्नेछ । जसमा असल चालचलन रहेको हुनुपर्ने रास्वपाले बताएको छ ।भ्रष्टाचार, जबरजस्ती करणी, मावन बेचबिखन तथा ओसारपसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। यस्तै उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेर त्यसको प्रकृया अघि बढाइसकेको छ ।

रास्वपा सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा रहेको र यो क्षेत्रमै उपनिर्वाचन हुने भएकाले नेताहरुको चहलपहल बढेको छ । यहि कार्तिक १७ गते उपनिर्वाचन हुने भएपछि दलहरू आवश्यक तयारीमा जुट्न थालेका छन । अहिले रुपन्देही ३ सबैको केन्द्रको बिषय बनेको छ । सबैले रुपन्देहीलाई प्रतिष्ठाको बिष्या बनाएका छन ्। यो उपनिर्वाचनलाई पुराना र नयाँ दुवैथरि दलले आफ्नो शक्ति परीक्षणको अवसरका रूपमा लिएका छन ।बिशेष गरि भन्दा २०८४ को लागी मत सर्वेक्षण पनि हुने छ । किनकी पछिल्लो समय जनताको मत कता तिर जान्छ भन्न सक्ने अवस्थामा छैन । पुराना राजनितीक दलाबाट वाक्क बनेका जनताले् नयाँ दल या स्वतन्त्र रोज्ने सम्भावना पनि बढ्दो छ ।