Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराष्ट्रपति विद्यादेबी भण्डारीको सक्रियताले नेकपा एमालेमा तरङ्ग

पुर्वराष्ट्रपति विद्यादेबी भण्डारीको सक्रियताले नेकपा एमालेमा तरङ्ग

काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेबी भण्डारीको सक्रियताले नेकपा एमालेमा तरङ्ग छाएको छ । लगभग सात वर्ष राष्ट्रपति भएर २०७९ फागुन अन्तिममा कार्यकाल पूरा गरेर बसेकी भण्डारी राजनीतिमा फर्किने चाहनाले देशदौडाहा गरिरहेकी छिन । उनका गतिविधिले एमाले मात्र हैन, सिङ्गो राजनीतिमा नयाँ तरंग ल्याएको छ । त्यसमाथी पछिल्लो समय ओली र विद्याको सम्बन्धमा दरार आएको बुझ्न कठिन छैन । यता ओलीले भने आफु फेरि अध्यक्ष बन्ने र प्रधानमन्त्री बन्ने बाटो खुलाउन ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था योजनाबद्ध रूपमा संशोधन गर्दै लगेका छन । ओलीले भण्डारीलाई रोक्न पार्टी बैठकदेखि विधान संशोधन र सदस्यता नवीकरणसम्मका बहानामा थरीथरी दाउपेच चलाएको पाईएको छ । अहिले ओली पक्ष र बिद्या पक्षका कार्यकर्ताहरु एकअर्कामा आरोप लगाउन थालेका छन । अध्यक्ष ओली विधानमा भएको दुई कार्यकाल र उमेर हद हटाएर आफूलाई मार्ग प्रष्ट पार्न लागिरहेका छन् । यस आधारमा एमालेको नेतृत्वको लिनका लागि ओली–भण्डारीबीच तीब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

हिजो बसेको एमाले सचिवालय बैठकले पार्टी १०औं महाधिवेशनका प्रतिनिधिलाई मात्रै विधान महाधिवेशनको प्रतिनिधि बनाउने निर्णय गरेको छ । यसो हुँदा भण्डारी विधान महाधिवेशनमा सहभागी हुने सम्भावना नै रहँदैन । यता विधानको धारा ६४ को ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने गरी पार्टीको बैठकका प्रस्ताव पेश भएको छ । हिजो बसेको सचिवालय बैठक र आजको पोलिटव्यूरो बैठकमा उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव पेश भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

गौतमका अनुसार सचिवालय बैडकमा पनि भण्डारी राजनीतिमा आएको बारेमा ओलीले ब्रिफिङ गरेका थिए । आज बसेको पोलिटिव्यूरो बैठकका पनि सो विषयले प्राथमिकता पाएको छ । देशको सर्वोच्च पद राष्ट्रपति बनिसकेको व्यक्ति राजनीतिमा फर्किने कुरालाई एमाले गम्भीर रुपमा लिएको नेता गौतमले बताए ।

एमाले अध्यक्ष हुने योजनासहित सक्रिय राजनीति थालेकी भण्डारीलाई रोक्ने ओली समूहको अभियानले एमालेभित्रको आन्तरिक संघर्ष सतहमा ल्याएको छ । शक्तिसंघर्षमा विधि र संस्थागत प्रक्रियाभन्दा ओलीको व्यक्तिगत रणनीति हाबी भएको छ । र, विद्यानिकट नेताहरूले यसलाई ओलीको स्वेच्छाचारी कदमका रूपमा व्याख्या गरेका छन् । किनभने दुबैले सार्वजनीक कार्यक्रममा एक अर्का बिरुद्ध बोल्दै आएका छन । ओली विद्याले एमाले टुक्राउन खोजेको गम्भिर आरोप लागएका छन् । त्यसको जवाफमा विद्याले कार्यकर्ता भेट्न ओलीको अनुमती नचाहिने जवाफ दिएकी थिईन ।

यता उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख थियो । मध्यरात सकिएको सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको हो । शृंखलाबद्ध योजनामा काम गरिरहेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यतामै रोक लगाएर एमालेको राजनीतिमा नफर्काउने रोडम्याप पोलिटब्युरो बैठकमा प्रस्तुत गरेका छन् । शुक्रबारको पोलिटब्युरो बैठकमा ओलीले भण्डारीको सदस्यता नवीकरणकै विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको धारणा राखेका छन् । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ ।