Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पार्टी रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै युवराज सफलले आयोगमा दिए उजुरी

रवि लामिछानेको पार्टी रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै युवराज सफलले आयोगमा दिए उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी सभापति कारागार चलान भए पछि यसै पनि तनाबमा छ । त्यहि तनावका बिच फेरि रास्वपाको नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरिएको छ ।

यस अगाडी पनि यो बिषयमा बहस भने भएको थियो । बिशेष गरि रवि लामिछानेको बिरुद्ध उत्रिने गरेका युवराज सफलले आयोगमा निवेदन दिएका हुन । अत राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको स्वन्तन्त्र भन्ने शब्दको चिर हरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने, जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार, सिद्धान्त उद्धेश्य नीति, कार्यक्रमहरुको आवश्यकता पर्ने गर्दछ, अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन, पार्टीले आफ्ना कार्यक्रमहरु स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैं स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु हुन यसै निवेदनमार्फत अनुरोध गर्न माग गर्दछु । त्यसमा थपेका छन् त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हको रुपमा प्रयोग गरेको भनिएको घण्टी समेत दुई तिहाई हिन्दुहरुको मुल्य मान्यता, आस्था विश्वाससँग जोडिएको छ। विशेष त हिन्दु धर्मावलम्वीहरुले पुजा पाठमा प्रयोग गर्नेघण्टीलाई पार्टीको चुनाव चिन्ह बनाउनु भनेको धार्मिक मान्यता, इतिहास बोकेको घण्टीको राजनीतिक दुरुपयोगहो,अत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी दुई तिहाई भन्दा बढी धर्मावलम्बीहरुको आस्था, विश्वासकोकेन्द्र रहेकोले त्यसरी कसैको आस्थामाथि प्रहार गरी घण्टीलाई चुनाव चिन्ह दिन मिल्दैन।

साथै निर्वाचनआयोगले नेपालको राष्ट्रिय झण्डा नेपालको राष्ट्रिय निशान छाप, राष्ट्रिय फूल लालिगुराँस, राष्ट्रिय रंग सिम्रिक राष्ट्रिय जनावर गाई राष्ट्रिय पंक्षी डाफें, नेपालको नक्सा राष्ट्रिय पहिचान बोकेका व्यक्तिहरुका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने भनी निर्णय समेत गरेको अवस्था छ । उनले भनेका छन ्। रवि लामिछानेको नेतृत्वमा गठन भएको पार्टी हाल संसद्को चौथो ठुलो दल हो । अहिले पार्टी सभापति कारागारमा भए पनि रासवपाले भने प्रतिपक्षको भुमिका सहजै ढंगले निभाई रहेको छ ।