Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङले राम्रो काम गर्नेलाई अपमानित गरेको भन्दै उज्यालो नेपाल अभियान चलाउने

कुलमान घिसिङले राम्रो काम गर्नेलाई अपमानित गरेको भन्दै उज्यालो नेपाल अभियान चलाउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ रणनिती सहित अगाडी बढ्दैे छन् । कार्यकाल सकिनु भन्दा ४ महिना अगाडी नै सरकारले पदबाट हटाएर हितेन्द्र देब शाक्यलाई नियुक्त गरेपछि घिसिङले नया अभियान थालेका हुन् । उनले ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका छन्। देशमा निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्ति मौलाएको भन्दै तयसको बिरुद्ध लड्ने बताएका छन । ‘उज्यालो नेपालका पिता कहलिएका विद्युत घिसिङले राजनितीमा पनि आउने बताएका छन । उनले यदि जनताले चाहेमा नयाँ पार्टी खोल्ने वा मूलधारको राजनीतिमा प्रवेश गर्ने मध्य एउटा रोज्ने संकेत गरेका छन ।

उनले जनताले म्यान्डेट दिए आफू नयाँ राजनीति पार्टी खोल्ने र नभए पनि मूलधारको राजनीतिमा समेत प्रवेश गर्ने बताए । उनले भनेका छन् ‘तपाईंहरू जे गर भन्नुहुन्छ, म त्यो गर्न तयार छु ।’ देशको बदलिँदो राजनीति परिवेशले आफूलाई सिकार बनाएको उनको दाबी थियो । यस संगै बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेका हुन्। यो अभियानले देशमा राम्रो काम गर्न चाहनेहरूका लागि एउटा बलियो शक्ति निर्माण गर्नेछ र असल नेतृत्व जन्माउन दबाब सिर्जना गर्नेछ। यदि स्थापित राजनीतिक दलहरूले असल नेतृत्व दिन नसके यही अभियानभित्रबाट नयाँ नेतृत्व जन्माउन सकिनेतर्फ समेत उनले संकेत गरे। उनी विभिन्न ठाउँमा लविङ समेत गरिरहेका छन । ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमण समेत निश्किएका थिए ।

तर, यस बिषयमा उनले आधिकारीक धारणा भने सार्वजनीक गरेका छ्रैनन तर, उनीले अहिले भने नयाँ पार्टी खोल्ने या कुनै एक राजनितीक दलमा जाने भन्ने बिषयमा धारणा भने बनाएका छन्। उनले आफूले छोड्दा नाफामा रहेको संस्थाको अहिलेको अवस्थाबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए।हालै खाडी मुलुकको भ्रमणबाट फर्केका घिसिङले त्यहाँ लाखौँ ऊर्जाशील नेपाली युवाहरूले पसिना बगाएर अरूको देश बनाइरहेको तर आफ्नो देशको भविष्यबारे चिन्तित रहेको बताए। उनले विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा सरकारले विदेशमा बस्ने नेपालीलाई अपमानित गर्ने गर्ने गरेको समेत बताएका छन् । घिसिङ राजनितीमा आउनकै लागी उज्यालो नेपाल अभियान थालेका हुन् । उनले गाउँगाउँ पुगेर जनताको मत बुझ्ने प्रयास गरिरहेका छन,त्यसै पनि उनी अभियानमा अगाडी बढेका हुन् ।