काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीको एक पछि अर्को घुस प्रकरणको अडियो सार्वजनीक भईरहेको छ । यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ओली सरकारका विवादित मन्त्रीतर्फ सङ्केत गर्दे तिखो व्यङ्ग कसेका छन्। शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीको मुख पनि हेर्दिनँं भनेको कुरा स्मरण गराउँदै मन्त्रिपरिषद्को बैठकमा उल्टो फर्केर बस्नुभयो कि कसो ? भनेर भनेर प्रश्न गरेका छन् ।
उनले सामाजीक सञ्जालमा भनेका छन् । सामाजिक संजाल प्रतिबन्ध लगाउन प्रयास गरेको केपी ओलि सरकारले फोनमा प्रतिबन्ध लगाउन र्पयो , मन्त्रीहरुको भ्रष्टाचारको डिल बाहिर आउन थाल्यो ॥ भ्रष्टाचारिको मुख पनि हेर्दैन भन्थे प्रधानमन्त्री ज्युले मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री ज्यु उल्टो फर्केर बस्नु भयो कि क्याहो । उनले भनेका छन् । हालै सार्वजनिक भएको अडियोमा ओली सरकारका दुई मन्त्री विवादमा मुछिएपछि उनले यस्तो व्यङ्ग गरेका हुन्। दुईमध्ये एक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गत मङ्गलबार राजीनामा दीसकेका छन्। उनले सोमबारको मन्त्रिपरिषद्को बैठकमा भने सहभागिता जनाएका थिए।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि ३२ लाख लिएको अडिओ सार्वजनिक भएको छ। भूमिमन्त्री अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि सत्ताघटक दल काँग्रसले छानबिन गर्न माग गरेको छ । कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले दोषी भए कारबाही गर्नुपर्ने बताएका छन। कानूनी र विधिको शासनमा बदमासी गर्ने जोसुकै कानुनी कारबाहीबाट बाहिर जान नसक्ने उनको भनाइ छ ।