Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पक्षमा हस्ताक्षरको बाढी,२५ दिनमा २४ लाख भन्दा हस्ताक्षर संकलन

रवि लामिछानेको पक्षमा हस्ताक्षरको बाढी,२५ दिनमा २४ लाख भन्दा हस्ताक्षर संकलन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ। त्यस्तै अहिलेसम्म अभियानको लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए।५ गतेबाट सभापतिको अपिल र हस्ताक्षर अभियान लिएर घरदैलो कार्यक्रम गर्ने पनि उनले बताए।

रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो। सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो । देश विदेशका विभिन्न माध्यमबाट हस्ताक्षर जारी नै रहेकाले तथ्याङ्क अझै बढी हुनसक्ने अभियानका संयोजक दीपक बोहराले जानकारी दिए । उनले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए । अहिले हस्ताक्षर अभियान उत्साहजनक रुपमा अगाडी बढेको छ । कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, कलाकार, बृद्धबृदा पनि हसताक्षर अभियानमा जोडिएका छन ्। अहिले यो अभियान नेपालमा मात्रै नभएर विदेश सम्म पुगेको छ ।

यो कार्यक्रम निरन्तर रहिरहेको छ । सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ । जनताको उल्लेख्य हिस्सालाई छुने गरी अभियानको डिजाइन गरिएको नेताहरुले बताएका छन । अभियानलाई रास्वपाका नेता–कार्यकर्ताले मिनी जनमतसंग्रहका रूपमा हेरेका छन् । रवि लामिछानेको समर्थनमा आएको हस्ताक्षरलाई उनीहरूले ०८४ को मतका रूपमा पनि विश्लेषण गरेका छन् । इस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा परिवर्तन गरेको छ । यसअघि पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुँदै आएकोमा अहिले त्यसमा परिवर्तन गरिएको हो । अब रास्वपाबाट उम्मेदवार बन्नको लागि प्रारम्भिक निर्वाचन मात्र जितेर नपुग्ने भएको छ ।

पार्टीले उम्मेदवार छनोटका लागि नयाँ कार्यविधि तयार पारेको छ । उक्त कार्याविधिअनुसार ४ ओटा विषयलाई आधार मानेर उम्मेदवार छनोट गरिनेछ । जसमा नेतृत्वदायी क्षमता, राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनको नतिजा रहेका छन । सहमहामन्त्री आचार्यका अनुसार लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीमा २० प्रतिशत, समावेशितालाई ५ प्रतिशत र प्रारम्भिक निर्वाचनलाई ५० प्रतिशत भारअंक दीएको छ ।