काठमाडौँ । अन्तत प्रधानमन्त्री केपी शार्म ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको प्रयासमा पानी फेरिएको छ । ओली र देउवाको प्रयासका बाबजुत पनि जनता समाजवादी पार्टी जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यस अगाडी पार्टी अध्यक्ष उपेन्द्र यादबलाई ओली – देउवाले समर्थन फिर्ता नलिन र सरकारमै रहन आग्रह गरेका थिए ।
तर, उपेन्द्रले भने उक्त आदेश लत्याएका हुन् ।आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको समर्थन फिर्ता लिने निर्देशन दिएको थियो । पार्टीको निर्देशनको झण्डै एक महिनापछि संसदीय दलले निर्णय गरेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेतासँग वार्ता छलफल गरेका थिए । जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यक्ष उपेन्द्र यादवले असार ३० गते बालुवाटारमा छलफल गरेका थिए।
उक्त छलफल भएको दुई दिनमै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।भूमि विधेयक पारित गर्न सहयोग गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले जसपा नेपालबाट सहयोग खोजेका थिए। अध्यक्ष यादवले प्याकेजमै सहमति खोजेका थिए। वन विनाश र पर्यावरण ध्वस्त पार्नेगरी ल्याइएको र अहिले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयकमा संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयकमा जसपा नेपालले सुरूदेखि उठाउँदै आएका विषय समावेश हुनुपर्ने , संविधान संशोधन के–के विषयमा गर्ने हो दुई दलबाटै स्पष्ट खाका आउनुपर्नै, सरकार सञ्चालनमा संघ र प्रदेशमा देखिएका समस्या ठोस रूपमा समाधान गर्नुपर्छ । जनसांख्यिक आधारमा बजेट वितरण भएन, मधेस अन्यायमा प¥यो, त्यो संशोधन गरिनुपर्छ ।
उपेन्द्रको जसपा नेपालले भूमि विधेयक संशोधन, संघ र प्रदेश सरकार सञ्चालनको विधि, संविधान संशोधन, सत्ता गठबन्धनमा जसपाको पूर्ण सहभागिता लगायतका मागहरू अघि सारेको थियो । तर ओली माग सम्बोधन गर्न सकरात्मक नदेखिएपछि उपेन्द्र सरकार बाट बाहिरिएका हुन ।
सत्ता गठबन्धनभित्रको मुख्य निर्णयमा जसपा नेपालको सहमति र अपनत्व हुनुपर्ने । सर्त राखेका थिए । भूमि अध्यादेश ल्याउँदा पनि जसपा नेपालले विरोध गरेको थियो। प्रतिनिधि सभामा जसपा नेपालका ५ जना र राष्ट्रिय सभामा ३ जना सांसद छन्। राष्ट्रिय सभामा सरकारलाई बहुमत र्पुयाउन जसपा नेपालको साथ आवश्यक थियो।यसअघि रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। असार २१ गते नाउपा संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिएको थियो।नाउपाबाट सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उनले अझै पदबाट राजीनामा दिएका छैनन्। सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भएको छ।