Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न सार्वजनिक यातायातमा पनि पाईने, हस्ताक्षर गर्न यात्रुलाई अपिल

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न सार्वजनिक यातायातमा पनि पाईने, हस्ताक्षर गर्न यात्रुलाई अपिल

काठमाडौँ । रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरं अभियान सार्वजनिक यातायातका साधनमा पनि विस्तार गरिएको रास्वपाले जनाएको छ । देशभर र विदेशमा पनि रास्वपाले यो अभियान चलाएको छ । अहिले उत्साहजनक रुपमा मानिसहरुले सहभागीता जनाई रहेका छन ्। त्यसलाई निरन्तरता दिदै रास्वपाले अब सार्वजनीक यातायातमा पनि यो अभियान चलाएको हो । आफ्नो सवारी साधनमा हस्ताक्षर फारम राख्न चाहनेले सम्पर्क गर्न हस्ताक्षर अभियानका संयोजक दिपक बोहोराले अपिल गरेका छन । उनले भनेका छन । रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरं अभियान सार्वजनिक यातायातका साधनमा पनि विस्तार गरिएको छ।

अभियानको स्टीकर टाँसिएका सवारी साधनमा हस्ताक्षर फारम उपलब्ध छ। र, यात्रुले त्यहाँ नै हस्ताक्षर गर्न सक्नुहुनेछ। आफ्नो सवारी साधनमा हस्ताक्षर फारम राख्न चाहनुहुने चालकहरूले ९८०१०३८६२३ र ९७६५०११९९९ मा सम्पर्क गर्नुहोला। एनले भनेका छन् । लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको हो। उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। उनको पक्षमा हस्ताक्षर संगै अहिले सहयोग रकम पनि उठीरहेको छ । अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको छ। रविको न्यायका लागी भन्दै हस्ताक्षर संगै चन्दा पनि उठाई रहेको छ । रवि लामिछानेले पार्टी स्थापनाका दिन जारी गरेको अपिललाई छापेर घर घर पुर्याउन चन्दा संकलन गरेको रास्वपाले जनाएको छ ।

अहिले हस्ताक्षर अभियान उत्साहजनक रुपमा अगाडी बढेको छ । कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, कलाकार, बृद्धबृदा पनि हसताक्षर अभियानमा जोडिएका छन ्। अहिले यो अभियान नेपालमा मात्रै नभएर विदेश सम्म पुगेको छ । यो कार्यक्रम निरन्तर रहिरहेको छ । सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ । जनताको उल्लेख्य हिस्सालाई छुने गरी अभियानको डिजाइन गरिएको नेताहरुले बताएका छन । अभियानको नेतृत्व पार्टीले सहकोषाध्यक्ष दीपक बोहराले गर्दैछन । उनको संयोजकत्वमा हस्ताक्षर अभियानका लागि मुल समितिको गठन गरेको छ । अभियानलाई रास्वपाका नेता–कार्यकर्ताले मिनी जनमतसंग्रहका रूपमा हेरेका छन् । रवि लामिछानेको समर्थनमा आएको हस्ताक्षरलाई उनीहरूले ०८४ को मतका रूपमा पनि विश्लेषण गरेका छन् । हस्ताक्षर सङ्कलनको विषयलाई ठूलो रूपमा प्रचार गर्न आवश्यक नरहेको रास्वपाले जाएको छ ।