Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्रीले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई दिए निर्देशन

गृहमन्त्रीले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई दिए निर्देशन

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा मानब तस्करि भएको आरोप लागेको हो । बिशेष गरि रास्वपा सांसद सोविता गौतमले यो बिषयलाई संसदमा उठाएकी थिईन । त्यतिबेला सत्तापक्षका सांसद सोबिता माथी खनिएका थिए ।

तर, भिटिज भिषामा उक्त कार्यक्रममा मान्छे लगिएको सञ्चार माध्यममा समाचार आए पछि गृहमन्त्री रमेश लेखक पनि नैतिक दबाबमा परेका थिए । उनी आफै माथी मानब तस्करिको आरोप लागीरहेका बेला स्पेनको कार्यक्रमा भिटिज भिषामा लगेर उतै छाडेको बताईएको छ । आज गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ।केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो।

यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए। भिजिट भिजाका नाममा ५० लाख सम्म अशुलेर मानब तस्किरी गरेको भन्दै प््तिपक्षले गृहमन्त्रीको राजीनामा मागीरहेका छन् । अहिले मानव तस्करिको जरा गृहमन्त्रालयको कम्पाण्ड भित्र नै फिँजी सकेको छ । जस्मा गृहमन्त्रीले मलजलका लागी सहयोग पुर्याएको आशंका छ । साच्चै भन्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिट भिसा’ मार्फत भइरहेको मानव तस्करीको जालो राज्यका सर्वोच्च प्रशासनिक तहसम्मै पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेपछि, यो अवैध कारोबारको जालो गृह मन्त्रालयमै पुगेको हो । जस्ले गृहमन्त्री रमेश लेखकलाई गिज्याई रहेको छ ।

गृह मन्त्रालयको नैतिकता, पारदर्शिता र जवाफदेहितामाथि समेत गम्भीर प्रश्न चिह््न खडा गरेको छ अहिले गृहमन्त्री संगै प्रधानमन्त्री थगएको कार्यक्रममा पनि मानब तस्करि भएको आरोप लागिरहको छ । सोही भ्रमणमा सँगै गएका १० जना नेपाली हालसम्म नेपाल नफर्किएको खुलासा भएको छ । उनीहरू कार्यक्रममा सहभागीको रूपमा स्पेन पुगेका भए पनि हालसम्म नेपाल फर्किएका छैनन्। उनीहरूमध्ये केही अन्य युरोपेली मुलुकमा पुगेको आशंका गरिएको छ। विकासका लागि वित्तसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरू, विश्व तथा क्षेत्रीय संघसंस्थाहरू, वित्तीय एवं व्यापारिक निकायका प्रमुखहरू, व्यवसायी, नागरिक समाजका प्रतिनिधि र संयुक्त राष्ट्र संघ प्रणालीका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए। भिजिट भिसा प्रकरणमा संसदमा बहस भइरहदा स्पेन कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको विषयले संसदमा थप प्रवेश पाएको थियो।