Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङले नयाँ पार्टी खोल्दै !

कुलमान घिसिङले नयाँ पार्टी खोल्दै !

काठमाडौँ । ‘उज्यालो नेपालका पिता कहलिएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राजनितीमा आउने बताएका छन । उनले यदि जनताले चाहेमा नयाँ पार्टी खोल्ने वा मूलधारको राजनीतिमा प्रवेश गर्ने मध्य एउटा रोज्ने संकेत ग।रेका छन । उनले जनताले म्यान्डेट दिए आफू नयाँ राजनीति पार्टी खोल्ने र नभए पनि मूलधारको राजनीतिमा समेत प्रवेश गर्ने बताए । उनले भनेका छन् ‘तपाईंहरू जे गर भन्नुहुन्छ, म त्यो गर्न तयार छु ।

’ देशको बदलिँदो राजनीति परिवेशले आफूलाई सिकार बनाएको उनको दाबी थियो । पार्टी नखोली उनी कुनै राजनितीक दलमा पनि जान सक्छन् तर, सकभर उनलाई चाहने धेरै भएकाले नयाँप पार्टी नै खोल्न धेरैले सुझाब दिएका छन ्। ४ महिना कार्यकाल बाँकी रहदै सरकारले प्राधिकरणबाट हटाए पछि अहिले उनको राजनितीमा आउने सम्भाबनाको बिषयमा बहस भई रहेको छ । उनी विभिन्न ठाउँमा लविङ समेत गरिरहेका छन । ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमण समेत निश्किएका थिए । भ्रमणमै रह्ेका बेला राजनितीमा आउने उनले सकेत गरिरहेका थिए । अझ यहि उप निर्वाचनमा रुपन्देहीबाट निर्वाचन लड्ने सम्मको चर्चा चलेको छ । तर, यस बिषयमा उनले आधिकारीक धारणा भने सार्वजनीक गरेका छ्रैनन तर, उनीले अहिले भने नयाँ पार्टी खोल्ने या कुनै एक राजनितीक दलमा जाने भन्ने बिषयमा धारणा भने बनाएका छन्। उज्यालो नेपाल’ अभियान सकेर घिसिङ आज नेपाल फर्किएका छन ।

अब राजनीतिमा होमिने तयारी गरेका उनले प्रवासमा रहेका नेपालीको समर्थन बटुल्न मध्यपूर्वको यात्रा गरेका हुन । प्रवासमा पनि उनले धेरै नेपालीबाट मिठ्ठो माया र साथ भने पाएका छन् । घिसिङको स्वागत र सत्कारमा मध्यपूर्वका नेपाली दूतावासदेखि त्यहाँ रहेका स्थापित सङ्घ सङ्गठनहरूले भेट गरेका छन् । त्यहाँ रहेका नेपालीहरले उनलाई राजनितीमा आउन प्रेरित समेत गरेका छन् । पुरानो नेतृत्वबाट वाक्क बनेका नेपाली कुलमान राजनितीमा आउने कुराले उत्साहित बनेका छन् । अहिले नयाँ नेतृत्वबारे बहस पनि हुन थालेको छ । माओवादी केन्द्र संग नजिक रहेका कुलमान कतै माओवादीमै जान्छन् की भन्ने धेरैको आशंका पनि छ । त्यसो त माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै उनलाई प्राधिकरणमा नियुक्त गरेका थिए । २ पटक निर्देशक बन्दा पनि उनलाई प्रचण्डले नै लगेका थिए । त्यसैले पनि घिसीङ माओवादी केन्द्र संग अलि नजिक छन् । उनले विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा सरकारले विदेशमा बस्ने नेपालीलाई अपमानित गर्ने गर्ने गरेको समेत बताएका छन् ।