काठमाडौँ ।संसदका ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनाएको गठबन्धन सरकारले १ वर्ष पूरा गरेको छ । तर, अहिले सम्म अपेक्षा कृत काम हुन सकेको छैन । दुई तिहाईको सरकारले पनि काम गर्न नसक्नु निकै दुखद रहेको छ । अहिले सरकारमा सकरात्क काम भन्दा पनि भ्रष्टाचारीको अखडा जस्तो बनेको छ ।
दिनहुँ भ्रष्टचारको दर बड्दो क्रममा छ । यता भिजिट भिषा देखी अडियो काण्ड सम्म धमाधम आई रहेका छन् । न प्रिितपक्षका आवाज सरकारले सुन्छ न आफुले राम्रो संग काम गर्छ , गर्छत केवल भ्रष्टारीको संरक्षण । अहिले देशको हालतबाट दिक्क बनेर युबा धमाधम देश छोडी रहेका छन ्। गाउँघर सुन्य छन् । क्याम्वस र विश्व विद्यालयमा कम कन्सल्ट्यान्सीमा बिद्यार्थी बढी भेटिन्छन ्। यहाँ युबाले भविश्य देखेका छैनन तर, पनि दुई तिहाईको सरकारले सत्ता र शक्ति भन्दा बाहेक अरु देख्दैन । सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएका छन ।
टाइमलाइन नै तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात पनि आफ्नो सरकारले गरेको उनले बताएका छन ।तर, काम भने शुन्य छ । संसद्का दुई ठूला दलले ७ बुँदे सहमति गरेरै सरकार गठन गरेको एक वर्ष पूरा हुँदा पनि उनीहरूका प्रतिबद्धता भने पूरा भएका छैनन्। उतिबेला गठबन्धन गर्ने सहमति गर्दा नेकपा माओवादीले पटकपटक धोखा दिएको भन्दै धोखा खाएकाहरू मिलेको भाष्य निर्माण गर्ने प्रयास गरेको थियो। कांग्रेस र एमालेले सरकार गठनको सहमति गर्दा राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन गर्ने, आमनागरिकलाई सुशासनसहितको सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित ७ बुँदे सहमति गरेका थिए। तर दुई दलले भनेजस्तो काम गर्न सकेका छैनन्। भ्रष्टाचार न्यूनीकरण हुनु साटो प्रधानमन्त्रीको क्याबिनेटमा रहेका मन्त्रीहरुको नयाँ नयाँ काण्ड बाहिरिरहेका छन्।
तर यी दुई दलले जुन सहमति गरेर सरकार निर्माण गरेका थिए त्यो आफैँले पूरा गर्न नसकेको देखिएको छ । निकै ठुलो उपलब्धि हासिल गर्न भनेर मध्य रातमा बनाइएको सरकार आफैमा ‘फेल’ भएको भान हुन थालेको छ । एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सवालमा सरकार वा प्रमुख सत्ता साझेदार दलले एउटा कार्यदलसमेत बनाउन सकेका छैनन । त्यसैले पनि सरकामरको आलोचना भई रहेको छ । सरकारले गरेको एउटा पनि काम सम्झन लायक छैनन । अहिले २ तिहाईको सरकार हुदाँ पनि काम गरेर जनतालाई डेलिभरी दिन नसक्नु निक्कै असोभनीय र लज्जास्पद बिषय हो ।