काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ फर्काएका छन ्। प्रचण्डलाई ओलीले बनिरहेको प्यारापिट हेर्न प्रचण्डलाई आग्रह गरेका छन् । उनले प्रचण्डलाई जर्जर बनाएर छाडेको अथएतन्त्रको तथ्याङक समेत हेर्न आग्ह गरेका छन ्। एनले सामाजीक सञ्जाल मार्फत प्रचण्डमाथी आक्रोस पोखेका छन ्। एनले सामाजीक सञ्जालमा भनेका छन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?
मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस । बनिरहेको छ ।
तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुज्ञे, तथ्याङ्क हेर्नुस भन्ने सुझाव दिन चाहन्छु । उनले भनेका छन् । प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गरेका छन ।
रङ्गशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाएका हुन् । प्रचण्डले संसदमा संबोधन गर्दै भनेका थिए । ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबिच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो।’ उनले भने । तर, आज एक वर्ष अर्थात ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए। ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ’ भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबिचको अन्तर औँल्याए ।
आज एमाले र नेपाली कांग्रेस मिलेर बनाएको गठबन्धन सरकारले १ वर्ष पूरा गरेको छ । तर, अहिले सम्म अपेक्षा कृत काम हुन सकेको छैन । सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएका छन । टाइमलाइन नै तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात पनि आफ्नो सरकारले गरेको उनले बताएका छन । त्यहि टाईमलाईनको बिषयलाई उठाउदै प्रचण्डले आलोचना गरेका थिए ।
https://www.facebook.com/share/p/19w633c2R6/