काठमाडौं, रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गरेका छन ्। पर्टि स्थापनाको दिन असार ७ गतेबाट माइतीघर मण्डलाबाट सुरु भएको अभियानमा हालसम्म १५ लाखभन्दा बढीले हस्ताक्षर गरेको रासव्पाले जनाउाके छ । अहिले हस्ताक्षर अभियान उत्साहजनक रुपमा अगाडी बढेको छ । कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, कलाकार, बृद्धबृदा पनि हसताक्षर अभियानमा जोडिएका छन् ।
अहिले यो अभियान नेपालमा मात्रै नभएर विदेश सम्म पुगेको छ। यो कार्यक्रम निरन्तर रहिरहेको छ। सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ । जनताको उल्लेख्य हिस्सालाई छुने गरी अभियानको डिजाइन गरिएको नेताहरुले बताएका छन् । अभियानको नेतृत्व पार्टीले सहकोषाध्यक्ष दीपक बोहराले गर्दैछन ।
उनको संयोजकत्वमा हस्ताक्षर अभियानका लागि मुल समितिको गठन गरेको छ । अभियानलाई रास्वपाका नेता–कार्यकर्ताले मिनी जनमतसंग्रहका रूपमा हेरेका छन् । रवि लामिछानेको समर्थनमा आएको हस्ताक्षरलाई उनीहरूले ०८४ को मतका रूपमा पनि विश्लेषण गरेका छन् । सभापतिको राजनीतिक यात्रा र राजनीतिक प्रतिशोधबारे भैरहवा कारागारबाट जारी अपिल जनताको हातसम्म र्पुयाउन आर्थिक सहयोग पुर्याउन भन्दै रास्वपाले आर्थीक संकलन पनि गरिरहेको छ ।
सभापति लामिछानेले पार्टी स्थापनाका दिन जारी गरेको अपिल पत्रलाई जनतामाझा पुर्याउन आर्थीक संकलन पनि गरेको रासवपाले जनाएको छ । स्थापना दिवसको अवसरमा सभापति रविले २० पृष्ठको दस्तावेज सार्वजनिक गरे, जसमा उनले अभियानबारे उल्लेख मात्र गरेका छैनन्, आफ्ना लागि अझै जनसमर्थन पनि खोजेका छन ।
रवि लामिछानेको लोकप्रियताको बलमा उदाएको रास्वपा छोटो समयमै देशको चौथो ठूलो पार्टीका रूपमा संसद प्रवेश गरेको थियो । त्यसयता राजनीतिमा रास्वपाले ठूलै उचारचढाव झेलिसकेको छ । पार्टीका जन्मदाता रवि लामिछाने प्रत्यक्ष राजनीतिबाट अलग छन । पार्टी नेतृत्वविहीनजस्तो देखिएको छ । महत्त्वपूर्ण निर्णय, कार्यक्रम कारागारबाटै तय भइरहेका छन । रवि लामिछाने कारागारमा भए पनि निरन्तर सम्पर्कमै छन् ।
काठमाडौंसहित देशका विभिन्न जिल्लामा ऐक्यबद्धता डेस्क नै खडा गरेर हस्ताक्षर अभियान चलाइएको छ । रास्वपाको हस्ताक्षर अभियान न्यायपालिकामाथि दबाब सिर्जना गर्ने र मुद्दालाई प्रभावित पार्ने खालको रहेको भन्दै धेरैले प्रश्न उठाएका छन । जसरी भए पनि सभापति बिरुद्धको प्रतिशोध संग लड्ने बताउदै आएको छ । रास्वपाको् हस्ताक्षर अभियानमा भने उल्लेख्य सहभागीता भई रहेको छ। सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ ।