काठमाडौं, यतिबेला उप निर्वाचनको सरगर्मी बढेको छ, रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटेका छन्। । अहिले दलहरुले रुपन्देहीलाई आफ्नो बटमलाईनमा राखेका छन् भने यसलाई प्रतिष्ठाको बिषय पनि बनाएका छन् । विशेष गरि संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि उमेरदवार खोजी रहेको छ । स्थानिय व्यक्ति वा बाहिरको ब्यक्ति कस्लाई उमेरदवार बनाउने भन्ने एकिन भएको छैन । तर, रास्वपा स्रोतका अनुसार सकभर स्थानियलाई नै प्राथमिकता दिने बुझिएको छ ।
रुपन्देहीको माटो बुझेको ब्यक्तिले राम्रो संग काम गर्न संग रास्वपाको धारणा छ । त्यसोत डडेल्धुराबाट काँग्रेस सभापति शेरबहादुर देउवा संग पराजित सागर ढकाल पनि चर्चामा छन् । रास्वपाले भने उनको बिषयमा धारणा बनाएको छैन । उनी संगै रुपन्देहीबाट सुलभ खरेल पनि चर्चामा छन् । उनले आफु उपनिवाृचनमा उठ्ने बताई सकेका छन् । उनले सामाजीक सञ्जाल मार्फत आफु स्थानिय भएकाले त्यहाँ माटो बुझेको भन्दै सहयोग गर्न अपिल गरेका छन् । उनले भनेका छन्। अब रुपन्देही–३ लाई प्रतिनिधि होइन, नेतृत्व चाहिन्छ।
म रुपन्देही–३ को स्थानीय हुँ। यहाँको माटोले मलाई विचार, आत्मसम्मान र राजनीतिक चेतना दिएको छ। उप–निर्वाचनको मिति घोषणा भइसकेको छ। जनताको चाहना, मेरो प्रतिबद्धता र समयको आव्हानबीच एउटा निर्णयको तयारी गर्दैछु।
यो यात्रामा तपाईंहरूको साथ, समर्थन र शुभकामनाको अपेक्षा राखेको छु। एनले भने । बिशेष गरि उनी रुपन्देहीकै भएका कारण पनि रास्वपाबाट उनी उठ्ने चर्चा यताकता चल्न थालेको छ । सागर ढकार संगै उनको नाम रास्वपाको पृष्ठमा छलफलको बिषय बनेको छ । उनले आफु अब प्रतिजिधि नभई नेतृत्प गर्ने बताएका छन्। बिशेषत भन्ने हो भने उनी अधिबक्ता समेत हुन् । निकै लामो समय विराटनगर थुनिएका लाल बहादुर वि।कको मुद्दामा सांसद सोबिता गौतमसँगै बहस पैरवी गरी थुनामुक्त गराएका थिउ । सोविता गौतम तिनै ब्यक्ति हुन् जस्ले लाल बहादुरलाई न्याय दिलाएकी थिईन । सोविता सैगै सुलभ पनि साथमा थिए ।
आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि इटहरी(१९ बरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा अकल्पनीय यातनाको शिकार बनेका थिए उनलाई न्याय दिलाउन सोविताले निकै मेहनत गरेकि थिईन । सोविता संगै मुद्धा लडेका सुलवले पनि अहिले रुपन्देहीमा लसबङ बढाएका छन् । उनले के.पि ओलिले गरेको असंवैधानिक संसद विघठनको विरुद्ध कानुनको विधार्र्थी तथा सबैभन्दा कान्छो रिट निवेदकको हैसियतले सर्वोच्च अदालतमा रिट निवेदन तथा बहस गरि राष्ट्रिय चर्चा कमाएकोका थिए । त्यस्तै उनी राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभुषित ब्यक्ति पनि हुन्
प्रधानन्यायाधीश चोलेन्द्रको विरुद्द तत्कालीन महासचिवले जारी गरेको महाअभियोग निस्तेज भएको पत्र सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी गराउन र न्यायीक सुशासनको निम्ति सर्वोच्च अदालतमा तत्कालीन सर्वोच्च अदालत बार अध्यक्षले दर्ता गर्नु भएको रिट निवेदनको प्रारम्भिक मस्यौदाको मस्यौदा तयार पारेको, निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका एक दर्जनभन्दा बढी संघिय सांसदहरुलाई क्षेत्राधिकार मिची गरेको जरिवाना कारवाहीमा पनि बहस पैरवी तथा रिट जारी गरेका थिए ।
उनले विश्वप्रसिद्द विश्वविद्यालय हावर्ड स्कूल अफ ल, मिशिगन ल तथा यूसी बर्कले स्कूल मा छनोट भैइ लगभग पूर्ण छात्रवृत्तिमा पब्लिक स्कूल मिशिगन ल स्कूलबाट स्नातकोत्तर गरेका छन् । अन्य सयौं मुद्दाहरुहरु तथा रिट निवेदनमा सर्वोच्च अदालत तथा अन्य अदालतमा बहस पैरवी गरेका छन् । त्यसैले पनि उनी योग्यताका हिसावमा पनि योग्य देखिएका छन ्।