Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको जस्तै नक्कली भुटानी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीको पनि सुरु भयो हस्ताक्षर अभियान

रवि लामिछानेको जस्तै नक्कली भुटानी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीको पनि सुरु भयो हस्ताक्षर अभियान

काठमाडौँ,पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथी प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु भई रहेको छ । देशभरमात्रै होईन विदेशमा पनि अभियान रास्वपाले चलाएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर असार ७ गते रास्वपाले औपचारीक रुपमा माईतिघर मण्डलाबाट कार्यक्रमको थालनी गरेको थियो ।

यो कार्यक्रम निरन्तर रहिरहेको छ । सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ । जनताको उल्लेख्य हिस्सालाई छुने गरी अभियानको डिजाइन गरिएको नेताहरुले बताएका छन ।

अभियानको नेतृत्व पार्टीले सहकोषाध्यक्ष दीपक बोहराले गर्दैछन । उनको संयोजकत्वमा हस्ताक्षर अभियानका लागि मुल समितिको गठन गरेको छ । अदालतले थुनामा पठाएका रविमाथी प्रतिशोध गरिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएपछि भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै उनको जिल्लामा हस्ताक्षर अभियान थालिएको छ ।

बास्तबमा भन्ने हो भने अहिले यो बिषयले त्यत्तिकै हंगामा मच्याएको छ । तर, सत्तापक्षका नेताहरुले हस्ताक्षर अभियानले अदालतको आदेशमा परिवर्तन नहुने बताउदै आएका छन् । अहिले रवि लामिछानेको हस्ताक्षर अभियान देखेर नेकपा एमालेका निलम्बित सचिव राईमाझीको पक्षमा हस्ताक्षर अभियान थालिएको छ ।

उनी संगै एकै मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरै व्यक्तिहरु धरौटीमा छाडिएपनि लामो समय रायमाझीलाई प्रतिशोधकै कारण राखिएको दावी उनीहरुको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई भने ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

यो संगै खाँड भने राजनितीमा सक्रिय हुन थालिसकेका छन् । उनी काँग्रेसका बैठकहरुमा गईरहेका छन ्।

यता माओवादीबाट एमालेमै बसेका रायमाझीलाई भने एमालेले कारवाहि गरिसकेको छ । अहिले उनलाई एमालेले वास्तै गर्दैन । एमालेको नोटिसमा सम्म पनि रायमाझी पर्दैनन । त्यसमा पनि एमालेले भने आफुले हस्ताक्षर अभियान नचलाएको दाबी गरेको छ ।अहिले साजीक सञ्जालमा धेरैले यस्तो हस्ताक्षर अभियानको बलमा अदालतबाट सफाई पाउने हो भने बिभिन्न मुद्धा खेपेका ब्यक्ति पनि यो अभियानमा जोडिने बताएका छन् । मुद्दा दर्ता भएलगत्तै एमालेले उनलाई सचिवबाट निलम्बन गरेको छ भने प्रतिनिधि सभाबाट पनि निलम्बनमा छन । उता रवि लामिछाने पनि संसदबाट निलम्बनमा छन् । तर, रास्वपाले भने उनलाई सभापतिकै रुपमा राखिरहेको छ । तर, रायमाझीको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।