Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामकुमारी झाक्रीले स्पष्टीकरण बुझाउन थप ७ दिनको समय,पार्टी बाटै निकाल्ने तयारी !

रामकुमारी झाक्रीले स्पष्टीकरण बुझाउन थप ७ दिनको समय,पार्टी बाटै निकाल्ने तयारी !

काठमाडौँ । रामकुमारी झाक्रीले अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन भनेपछि अहिले नेकपा एकृतित समाजवादीले उनै झाक्रीलाई रेड जोनमा राखिरहेको छ । माधब कुमार नेपालसबिरुद्ध झाक्रीले दिएको अभिव्यक्तिले पार्टीभित्र हलचल मच्चिएसंगै अहिले पाटील उनै झाक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकपा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो ।

पूूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै झाँक्रीले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग समेत गरेकी थिईन ।। उनले भनेकी थिईन ‘तपाईंहरू सबैलाई थाहा छ९ पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्नेरु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्नेरुएमालेबाट अलग भएर एकीकृत समाजवादी बनाएपछि माधव नेपालप्रति यो तहको शब्द प्रयोग संभवतः पहिलोपटक हो । र, संयोग– जसले एकीकृत समाजवादी बनाउन माधव नेपालको हात समातेकी थिइन्, उनै झाँक्रीले ‘मरेको सिनो’को उपमा दिइन । पार्टीले भनेको छ ७ दिन समय दिएका छौं ।

चित्तबुझ्दो जवाफ नआए थप निर्णय हुन्छ । अधिकांशले पार्टीबाटै हटाउनुपर्ने धारणा राखेका छन । नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताए । यसअघि उनले आफूले स्पष्टीकरणपत्र नपाएको बताएकी थिइन्। पार्टीले यसअघि असार १९ गते स्पष्टीकरण सोधेको थियो। यसअघि रुपन्देहीमा आयोजित एक कार्यक्रमका बीच बोल्ने क्रममा झाँक्रीले अध्यक्ष माधवकुमार नेपाल मुछिएको जग्गा प्रकरणको विषयमा ुमरेको सिनोु भन्ने शब्दावली प्रयोग गर्दै पार्टी पुनर्गठनको आवश्यकता औँल्याएकी थिइन्। उनले नेपाल नेतृत्वबाट बाहिरिनुपर्ने र अर्ली महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि पार्टीमा झाँक्रीमाथि बर्खास्ती वा चेतावनी दिने विषयमा विवाद उठेको हो । तर अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन । पार्टीका केही नेताहरू झाँक्रीलाई तत्काल बर्खास्ती गर्नुपर्ने पक्षमा छन् भने कतिपयले चेतावनी दिएर कारबाही गर्न नपर्ने धारणा राखेका छन् । पार्टी सचिवालय बैठक मंगलबार यस विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए। पतञ्जलि जग्गा घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। यता झाँक्रीले तर अहिले पार्टीका केही नेता विभिन्न अभियोगमा तानिएका छन् ।