Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारी कार्यालयमै बियर पार्टी चलेको रिपोर्टिङ गर्ने पत्रकार दिवाकर शाह चर्चा मा ,रास्वपा र राप्रपाको साथ

सरकारी कार्यालयमै बियर पार्टी चलेको रिपोर्टिङ गर्ने पत्रकार दिवाकर शाह चर्चा मा ,रास्वपा र राप्रपाको साथ

काठमाडौँ । निकै जोखिम मोलेर पत्रकारिता गर्दै आएका पत्रकार दिवाकर शाहको पछिल्लो रिपोर्टिङको बिषय अहिले चर्चामा छ । एचटिपि मिडियाका पत्रकार दिवाकार कार्यालय प्रमुखको कोठामै बियर पार्टी चलिरहेको भन्दै रिपोर्टिङ गर्न पुगेका थिए । महोत्तरी जलेश्वरको भौतिक पूर्वाधार विकास कार्यालयबारे रिपोर्टिङ गर्दा पत्रकार शाहको क्यामेरामेन माथि हातपात र क्यामेरा खोसिएपछि अहिले यो बिषयमा थप चर्चामा आएको हो । कार्यालय प्रमुखको कार्यकक्षमा बियरका बोतल भेटिएका थिए ।

उनी प्रहरीको सुरक्षा लिएर भन्दै कार्यालय प्रबेश गरेका थिए तर उनीमाथि नै त्यहा रहेकाहरुले बोल्दै गर्दा धकेलाका थिए । उनै पत्रकार शाहको पक्षमा अहिले राप्रपा र रास्वाका नेताहरुले साथ दिदै उनको पक्षमा बोलेका छन । राप्रपका सांसद ज्ञानेन्द्र शाहीले शाह तराईको आवाज बोल्ने पत्रकार भएको र उनको बोली बन्द गर्न लागेको भन्दै आक्रमक रुपमा लेख्छन् पत्रकार दिवाकर शाह तराईको आवाज हो उनको आवाज दबाउनु अप्रजातान्त्रिक गतिविधि हो उनीमाथि जुन दबाब सिर्जना गरिएको छ त्यसको घोर भत्र्सना गर्दछु।अझै देश र जनताको हितमा काम गर्दै जानू शुभकामना । यता पत्रकार दिवाकर शाहको पक्षमा म छु भन्दै रास्वपाका सांसद मनिष झाले एउटा लामो स्टाटस लेख्दै घटनाको भत्र्सना गरेका छन्। शाहले जोखिम पत्रकारिता गरेको प्रष्ट देखिन्थ्यो। मध्यरातको समयमा उनीमाथि आक्रमण हुदानि प्रहरी छुट्याउन नगएको देखिएको थियो। झा लेख्छन म दिवाकरको साथमा छु।

दिवाकर साह एक अभियन्ता पत्रकार हुन। आफ्नो लागि भन्दा पनि परिवर्तन र सुशासनको लागि पत्रकारिता गर्ने लडाकु हुन। दिवाकरको सक्रियताले गर्दा लामो समय देखि बाडिचुडी खान पल्केकाहरूलाई टाउको दुखेको छ। कागजी काम मिलाएर मध्यरातमा योजनाको विवरण तयार गर्ने, उपभोक्ता समितिको हस्ताक्षर मिलाउने काममा मधेसमा सबै दल र उसको कार्यकर्ताहरूको सक्रियता पुरानो रोग हो। यसमा संचार जगतले आवश्यक ध्यान नदिएको वा केहीले आखा चिम्लेको पनि हो। यस्तो बेलामा अभियन्ता र अभियान जीवित रहोस। पत्रकारीता कायम रहोस। दिवाकर साहको सुरक्षाको लागि जिम्मेवार सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छु।

पत्रकार दिवाकर शाह तराईका विभिन्न स्थानमा आफैं गएर समसामयिक बिषय, विभिन्न समस्या र विकृतिबारे रिपोर्टिङ गर्छन । केही समय अघि भारतद्धारा दसगजामै सडकको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । जहा उनले भारतीय पुलिस प्रशासनलाई समेत आफनो मिडियामा बोल्न लगाई दबाब सिर्जना गरेका थिए । भने यस बिषयमा नेपाल सरकारको पनि गम्भिर ध्यानकर्षण गराएका थिए । उनको सोही भिडियने फेसबुकमा मात्र लाखौ दर्शहरुले हेरेका थिए । र उनको कामको सबैले प्रशंसा गरेका थिए । अहिले समयमा खरो रुपमा जोखिम मोलेर आफनो ज्यानको कुनै प्रबाह नगरि सरकारी कार्यालय देखी बिभिन्न क्षेत्रमा देखिएका बिषयबस्तुमाथि रिपोर्टिङ गर्ने उनी एक उत्कृष्ट पत्रकारको रुपमा पनि चिनिदै आएका छन ।