Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहका सल्लाहकार सन्तोष गिरी रुपन्देहीबाट चुनावमा उठ्ने,रविको पनि साथ खोज्ने

बालेन शाहका सल्लाहकार सन्तोष गिरी रुपन्देहीबाट चुनावमा उठ्ने,रविको पनि साथ खोज्ने

काठमाडौँ । बालेन शाहका सल्लाहकार सन्तोष गिरी रुपन्देहीबाट चुनावमा उठ्ने भएका छन । रुपन्देहीका तिलोत्तमाका गिरी बालेन खाद्य सल्लाहकार रहेका हुन । उनले रवि लामिछानेको साथ पनि पाउने आशा व्यक्त गरेका छन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका(६ पश्चिमपहुनीका ३३ वर्षीय गिरी विगतमा विद्यार्थी राजनीतिबाट आएका हुन । उनी एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव बनेका थिए । हाल उनी काठमाडौंका मेयर मेयर बालेनको सल्लाहकार टीममा छन । उनी बालेनको खाद्य सल्लाहकार हुन । साथै, नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन । गिरीले अर्थशास्त्रमा एमएको साथै एलएलबी गरेका छन ।

रास्वपाबाट उठ्ने हल्ला गर्दै आएका सागर ढकालको समेत समर्थन लिएर उम्मेदवारी दिने गिरीको योजना छ । यस्तै, स्वतन्त्रबाट धनगढीको मेयर जितेका गोपी हमालदेखि कुलमान घिसिङसमेतको साथ लिने भनेर समेत प्रचार गरिएको छ । भोलि वा पर्सिसम्म उम्मेदवारी घोषणा गर्ने गिरीको तयारी छ । यही सिलसिलामा उनी निकट केही व्यक्तिहरु रुपन्देही आइसकेका छन ।