Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जसपा नेता अशोक यादवले बिहार सरकार गुहारे,मधेसलाई भारतमा लगेरै छोड्ने

जसपा नेता अशोक यादवले बिहार सरकार गुहारे,मधेसलाई भारतमा लगेरै छोड्ने

काठमाडौँ । प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले भारतको बिहार राज्य सरकारलाई गुहारेका छन् । नेपालमा आफूमाथि शोषण दमन भएको भन्दै उनले विदेशी राज्यसँग सहयोगको याचना गरेका हुन् । उनले एक भिडियो बोल्दै भनेका छन म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो । हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ । यसमा भारतको सपोर्ट मिल्नुपर्छ । भारत र बिहारको लोग नभए हामीमाथि अझै जुर्म हुन्थ्यो । म बिहारका पुलिस प्रशासनलाई आग्रह गर्छु कि नेपालको एसपीले भनेर कुनै पनि कदम नउठाउनु । उनीहरूको नश्लिय भेदभाव गर्ने मान्छेहरू हुन्,’ यादवले भनेका छन् ।

थप बरबराउँदै उनी भन्छन्, ‘नेपालमा मधेशीमाथि दमन र शोषण हुँदै आएको छ । यी नस्लवादी, खसवादीहरूले आज पनि नेपालमा मधेशीलाई दोस्रो दर्जाको नागरिक भनिरहेका छन् । यो देशबाट मधेश अलग हुनुपर्छ । दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ । सिके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो । त्यो सही कुरा हो । मधेश आज नभए भोलि अलग हुन्छ । म रहूँ या नरहूँ । मधेशको अर्को पिँढीले यो काम गर्छ । उनले भनेका छन्, ‘मधेशमा नागरिकतादेखि तमाम अपराध गरेर मधेसीलाई विदेशी बनाउने चलखेल भइरहेको थियो दमन गरिएको थियो र त्यसको खिलाफ मधेसमा आन्दोलन भएको थियो । मधेस जनविद्रोहमा म पनि सामेल थिएँ । मलाई पुलिस प्रशासनले टर्चर र्गयो । तर जबनताको शक्तिले म बाहिर रहेँ र मधेस सरकारको गठन भयो ।’

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा० मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध अहिले पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएता पनि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् ।यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘को हो तिमीहरू’ भन्दै अपशब्द बोलेको समेत सुनिन्छ । अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ ।

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ । विवादको सुरुवात बिहीबार राति मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको हो । रातिको समयमा सरकारी चेक काटिएको विषयमा अध्यक्ष यादव र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काबीच भनाभन भएको थियो । यता, जसपाले भने अशोक यादवमाथिको मुद्दा खारेज नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।