Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उर्जामन्त्री दिपक खड्का हितेन्द्र लाई प्राधिकरण बाट निकाल्ने तयारीमा,बैठक मै थर्काएको खुल्यो !

उर्जामन्त्री दिपक खड्का हितेन्द्र लाई प्राधिकरण बाट निकाल्ने तयारीमा,बैठक मै थर्काएको खुल्यो !

काठमाडौँ । कुलमान घिसिङ लाई निकालेका उर्जामन्त्री दिपक खड्काले हितेन्द्र देब शाक्य लाई पनि थर्काएका छन । खड्काले आफुले भनेको नमाने पछि शाक्य लाई बैठकमै थर्काएको र निकाल्ने सम्मको तयारी गरेको खुलेको हो । पछिल्लो समयमा खड्का र शाक्य बिचमा निकै खटपट समेत बढेको पाइएको छ । यतिबेला दिपक खड्का र शाक्यको निकै आलोचना पनि हुने गरेको छ । उनीहरुको सम्बन्ध यतिबेला राम्रैँ सँग बिग्रिएको हो । मन्त्रीले आफूखुसी निर्णय गराउन खोजेको र आफूले भनेको शाक्यले नमानेपछि दुरी बढेको कर्मचारीहरू बताउँने गरेका छन ।

मन्त्री खड्काले मन्त्रालयजस्तै प्राधिकरणलाई पनि आफूखुसी चलाउन खोजेपछि समस्या सुरु भएको हो । खड्काले ऊर्जा खरिद सम्झौता पीपीए, कर्मचारी सरुवा तथा ‘टेक एन्ड पे’ को विषयमा मतभिन्नतासँगै दूरी बढ्दै गएको ऊर्जा मन्त्रालय र प्राधिकरणका कर्मचारीहरू बताएका छन । यता नेपाल विद्युत प्राधिकरणमा आइतबार सञ्चालक समिति बोर्ड बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जा मन्त्री दीपक खड्का पनि सहभागी भएका थिए ।

असार २२ गतेभित्र प्राधिकरणका विभिन्न कार्यालय प्रमुखहरूको सरुवा गर्न मन्त्री खड्काले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निर्देशन दिएका थिए । त्यसमा उनले चाहेका एक कर्मचारीलाई प्रशासन विभागमा ल्याउन निर्देशन यसअघि पनि पटक–पटक दिएका थिए तर, शाक्यले मन्त्रीको निर्देशनको अवज्ञा गदैँ आएका छन । आफूले भनेको नमानेपछि एजेन्डामा प्रवेश हुनुभन्दा अघि खड्काले हितेन्द्रदेव शाक्यलाई कर्मचारीको सरुवाको विषयमा सोधेका थिए ।

शाक्यले अहिले सरुवा गर्दा प्रणालीमै समस्या हुन्छ । उसै त जनमानसले नियमित बत्ती नपाएको विषय भन्दै आलोचना गरिरहेको खड्कालाई सम्झाउनमात्रै के लागेका थिए, मन्त्री चर्किएको बुझिएको छ । उनले प्राधिकरणको चिन्ता र विषय आफुलाई नी थाहा भएको बताउँदै मन्त्रीले शाक्यलाई थर्काएको बुझिएको छ ।

मन्त्री खड्काले कार्यकारी निर्देशकको अधिकार कटौती गर्न समेत बैठकमा प्रस्ताव गरेका छन । ऊर्जामन्त्री खड्काले पीपीए खुलाउनको लागि अस्वाभाविक दबाब दिएपछि शाक्यसँगको सम्बन्धमा खटपट सुरु भएको थियो । यसअघि खड्काले जठमै मुख्य कर्मचारी सरुवाको दबाब शाक्यलाई दिएका थिए । सञ्चालक समितिको बैठकले कर्मचारी सेवा शर्त विनियमावली २०७५ को विनियम ५१ मा रहेको व्यवस्था समेत संशोधन गर्दै शाक्यलाई जेठमै आफूले चाहेका कर्मचारी सरुवा गर्न भनेका थिए । तर, शाक्यले त्यसो नगरेपछि मन्त्री उनीदेखि रुष्ट थिए ।