काठमाडौँ । न्याय मर्यो यो देशमा ? पार्टीका झोले कार्यकर्तालाई न्यायाधीश नियुक्त गर्ने ब्यावस्था नेपालको संबिधानको धारा १५३ लाई खारेज गरौ ,कांग्रेस नेता आलमले जिउँदै मान्छे जलाएको आरोपमा फेहरिस्त सुनाउन काठमाडौँ आए पीडित भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आवाज उठाएका छन । बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आएपछि सासद शाहीले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत आवाज उठाएका हुन । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाएका थिए । तर, उच्च अदालतको फैसला विवादमुक्त हुन सकेन आज यहि घटना संग जोडिएका ४३ वर्षीय गौरीशंकर काठमाण्डौ आए । उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा भक्कानिदै सबै घटनाको बारेमा मुख खोले ।
आलमले रौतहटको राजपुर फरहदवामा चलाएको राजा इँटाभट्टामा काम गर्थे चमार । त्यो दिन उनी पैसा लिन घरमा गएका थिए । उनले भनाइअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो । उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले सफाइ दिएको हो । बम पड्किएकै पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ । गौरीशंकर आफू बम बिष्फोटको साक्षीमात्र नभएर घाइते समेत भएको बताएका छन । यसैबिचमा मोहम्मद अफ्ताब आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।
सो मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएका अधिवक्ता पुष्पराज पौडेलले अबको एक हप्ताभित्रमा पुनरावेदन गरिसक्ने तयारी रहेको बताए । अधिवक्ता पौडेलले सो मुद्दाका प्रतिवादीहरुलाई सफाइ दिने पहिलो आधार घटना बम विष्पोट नै नभएको भन्ने रहेको बताए । उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ । तर, सो घटनामा परी बालबाल बाँचेका गौरीशंकर भने बम पड्किएको बताउँछन् ।
उनले भने निर्वाचनको एक दिन पहिला बेलुकातिर बम विस्पोट भएको थियो । अफताब आलमको काकाको घरमा । मैले पनि सुनेको त्यहाँ धेरै मान्छे जलेको छ, गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए मलाई थाहा भएन । दुई जना मेरो गाउँको मान्छे पनि जलेको छ, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन । होस् भए पनि थाहा हुन्छ कतिलाई लागेको थियो भन्ने । अफ्ताब आलाम आलम छुटेकोमा मलाई दुःख लाग्यो, बम बनाएर, बम फ्याकेर हामी पीडित मान्छे । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । रुदैँ० कसरी बाँचौं म यो दुनियाँमा ।