काठमाडौँ । प्रधानमन्त्री ओलीले सुर्य थापालाई सहकारी मन्त्री बनाउन लागेको खबर बाहिरीएको छ । ओली देउवा मिलेर अब केही मन्त्रीहरु फेदैँ छन जसमा थापालाई ओलीले मन्त्री बनाउन लागेको चर्चा सुरु भएको हो । यसअघि थापाले सहकारी छानबिन समितिको नेतृत्व गरेका थिए । अहिले मन्त्रिपरिषद पूनर्गठन हुँदा प्रधानमन्त्री ओलीले पहिलो रोजाईमा सूर्य थापालाई राखेका हुन ।
ओली पक्षका रहेका थापाले निरन्तर रुपमा ओलीको बचाउ गदैँ आइरहेका हुन्छन ।ओलीको रक्षाकवजको रुपमा चिनिने थापालाई सहकारी मन्त्रालयको नेतृत्व सुम्पिने तयारी भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्वमा बलराम अधिकारी छन । अब अधिकारीलाई फिर्ता बोलाएर थापालाई सो मन्त्रालयको नेतृत्व सुम्पिने चर्चा चलेको हो । थापा आफनो काममा खरो रुपमा उत्रने पात्रका रुपमा पनि परिचित रहेका छन । थापा प्युठानबाट निर्वाचित सांसद हुन । उनी संसद्मा समेत जनताको आवाज बुलन्द पार्ने सांसदको रुपमा चिनिएका छन । पत्रकारिता ब्याकग्राउण्डबाट आएका थापा मिडियाले समेत सर्वाधिक खोजिने नेताको रुपमा पर्छन । ओली स्पेन भ्रमण बाट फर्किएलगत्तै पुन मन्त्री परिषदको गठन गर्न लागेका हुन । स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले यसै साता मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेको बुझिएको छ ।
यसको लागि उनले आज।भोलिभित्रै मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताइएको छ । ओली देउवाले केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी गरिरहेका छन । कार्यक्षमता कमजोर देखिएका र नतिजा दिन नसकेका ‘रेड जोन’ मा रहेको मन्त्रीहरुमा हेरफेर हुने छ । अहिले कुन कुन मन्त्रीहरुलाई यथावत अवस्थामा राख्ने र कुनकुन मन्त्रिलाई पदबाट हटाएर नया अनुहार राख्ने बारे दुईपार्टीबिच छलफल भईरहेको हो ।
कांग्रेसबाट उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेृत्वमा अहिले १० जना मन्त्री छन ।कांग्रेसका अन्य मन्त्रीमा रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा र ऐनबहादुर शाही वनमन्त्री छन । गृह, पर्यटन, कृषि, कानून र ऊर्जामन्त्री विवादमा परिरहेका छन । उनीहरूको कार्यक्षमतालाई लिएर कांग्रेसभित्रै प्रश्न उठिरहेको छ । देउवाले धेरैजसो नयाँ अनुहार पठाउन सक्ने बताइएको छ ।यस्तै, एमालेबाट प्रधानमन्त्रीसहित उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कुल ८ जना सरकारमा छन । अन्य पार्टीका केही मन्त्रीहरु कार्यसम्पादनमा कमजोर देखिएकाले उनीहरुलाई पनि परिर्वतन गर्न लागिएको बुझिएको छ ।