रवि लामिछानेको पक्षमा भैरहेको हस्ताक्षर अभियानलाई लिएर एमालेले पनि बिरोध गरेको छ । ओलीका प्रिय मानिएका एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियानको विरोध गरेका हुन । केही दिन अघि पनि यो अभियानको काग्रेसले पनि बिरोध गरेको थियो । रास्वपा सभापति एवम नेपाल सरकारका पुर्व गृहमन्त्री समेत बनेका रवि माथि ओली नेतृत्वको सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले यतिबेला देश तथा विदेशका हस्ताक्षर अभियान चलाइरहेको छ ।
यो अभियानको एमालेका उच्च तहका नेताहरु र काग्रेसका उच्च नेताहरुले विरोध गदैँ आइरहेका छन । यतिबेला रविको पक्षमा बच्चा देखि युवा र बृद्धा सम्मले साथ दिइरहेका बेला बस्नेतले भने बिरोध गरेका हुन । उनले आफनो सामाजिक सञ्जालमा लेखेका छन, बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट रबि लामिछानेको पक्षमा हस्ताक्षर गराउने र युट्युबर बोलायर उनको पक्षमा बोल्न लगाउने काम अत्यन्तै आपत्तिजनक छ । यस्तो हर्कतले न केवल बाल अधिकारको उल्लंघन गर्छ, बरु समाजमा गलत सन्देश दिन्छ ।
अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्। सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो।
कानुनको शासन र बालअधिकारको संरक्षण सधैं पहिलो प्राथमिकता हुनुपर्छल यसमा सम्झौता हुनु हुँदैन । भन्दै लेखेका छन तर उनको यतिबेला सामाजिक सञ्जालमा तिब्र आलोचना भैरेहको छ । एमालmे नेताहरुले स्कुल बन्द गरेर आन्दोलनमा बिध्यार्थी लिनुलाई राम्रो भन्दिनु पर्ने भन्दै धेरैले आलोचना गरेका छन । हुन पनि एमाले काग्रेसका नेताहरुले आन्दोलनमा धेरै बालबालिकाको प्रयोग गर्ने गरेका छन । पछिल्लो समयमा रास्वपाले चलाएको हस्ताक्षर अभियान निकेै प्रभावकारी भैरहेको छ । देश तथा विदेशमा यो अभियानले तिब्रता पाइरहँला लाखौँको संख्यामा हस्ताक्षर संकलन भैरहेका छन । कलाकार देखि नेता सम्मले रास्वपाको पार्टी कार्यालयमै पुगेर हस्ताक्षर गदैँ साथ दिइरहेका छन । सहकारीको आरोप लागेर ५ जिल्ला घुमाइएका रवि यतिबेला भैरहवा कारागारमा रहेका छन ।
उनी बिरुद्ध सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको छ तर उनी बिरुद्ध राज्य नै लागेको भन्दै जनआक्रोश पनि बढेको छ । सरकारले उनी माथिको अनुसन्धानमा नै हस्तक्षेप गदैँ आएको छ ।