Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङको श्रमदान अभियानमा सहभागी भएको भन्दै आफनै वडा अध्यक्ष लाई कारवाहीँ गदैँ एमाले

हर्क साम्पाङको श्रमदान अभियानमा सहभागी भएको भन्दै आफनै वडा अध्यक्ष लाई कारवाहीँ गदैँ एमाले

काठमाडौँ । हर्क साम्पाङको श्रमदान अभियानमा सहभागी भएका एमाले पार्टीबाट निर्वाचित वडाध्यक्षविरुद्ध एमालेले नै कारवाहीँ गर्न माग गरेको छ । साम्पाङको श्रमदानमा सहभागी भएका वडा नम्बर ४ का आफनै वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा एमाले धरानले कारबाही गर्न सिफारिस गरेको खुल्न आएको छ ।

वडाध्यक्ष राईलाई पदबाट हटाउने सिफारिस गर्दै पार्टीले औपचारिक रूपमा जिल्ला कमिटीमा कारबाही प्रक्रिया अघि बढाएको हो ।

पार्टी अनुशासन उल्लङ्घन गरेको, नेताविरुद्ध सार्वजनिक रूपमा धारणा राखेको र संगठनसँग सम्पर्कविहीन भएको आरोपमा राईमाथि कारबाहीको सिफारिस गरिएको हो। वडाध्यक्ष राईले पार्टी हितविपरीत काम गरेको भन्दै वडाध्यक्षबाट कारबाही गर्न पार्टीको जिल्ला कमिटी समक्ष सिफारिस गरिएको एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईले बताएका छन्।

वडाध्यक्ष राई धरानका मेयर हर्कराज राई साम्पाङ को श्रमदान अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। एमालेकै तर्फबाट निर्वाचित भए पनि उनी पार्टी भन्दा साम्पाङका नजिक देखिन्छन्। पार्टीका कतिपय निर्णय र नेताहरूको आलोचना गर्दै आएका राईलाई एमालेभित्र ‘अलग लाइन’ लिने नेताका रूपमा हेरिँदै आएको छ। उनको यही क्रियाकलापले पार्टीलाई असहज बनाउँदै लगेपछि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो।

२०८९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष धनबहादुर राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशन विपरीत काम गर्ने, पार्टीले बोलाएको बैठकमा अनुपस्थित हुने गरेका कारण कारबाही सिफारिस गरिएको उपाध्यक्ष पारसले बताए।

उनका अनुसार पार्टीका नेताहरूले पटक९पटक सम्झाउँदा नमानेको र तीन पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगमा बर्खास्त गर्न कारबाही सिफारिस गरिएको हो।

धनबहादुरलाई कारबाही सिफारिस गरिएको विषयमा एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालय बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन । जनताको मन जितेका हर्कले धरानको विकासमा श्रमदान अभियान चलाई रहेका छन । उनको यो अभियानमा सधैले सहभागीता जनाउँदै आएका छन । यस्तै यता धरान उपमहानगरपालिकाले सञ्चालन गरेको श्रम शिविरमा एक किशोरीमाथि यौन दुव्र्यवहार भएको घटना बाहिर आएको छ।

धरान उपमहानगरपालिका–१६ मा सञ्चालन भएको श्रमदानका क्रममा एक किशोरीमाथि यौन दुव्र्यवहार भएको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी गरे पछि यौन दुव्र्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा भएको श्रमदान भएका बेला बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा आरोमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।