Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविका पक्षमा नेपाली कांग्रेस बीपींका अध्यक्षले नै गरे हस्ताक्षर,ओली देउवाले प्रतिशोध साँधेको आरोप

रविका पक्षमा नेपाली कांग्रेस बीपींका अध्यक्षले नै गरे हस्ताक्षर,ओली देउवाले प्रतिशोध साँधेको आरोप

काठमाडौँ । रवि लामिछानेका पक्षमा यतिबेला एमाले काग्रेस का नेताहरु खुलेर लागेका छन । ओली सरकारले लामिछाने माथि प्रतिशोध साँधेको भन्दै रवि लाई साथ दिइरहेका छन । नेपाली कांग्रेस ंबीपींका नेताहरूले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। बिहीबार आज पार्टी मुख्यालय वनस्थली पुगेर पार्टी सभापति सुशीलमान शेरचन, उपसभापति कर्ण मल्ललगायतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन ।

भैरहवा कारागारमा रहेका लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा हस्ताक्षर सङ्कलन अभियान जारी राखेको छ । रास्वपाले राज्यले राजनीतिक प्रतिशोधं साँधेर पार्टी सभापतिलाई थुनामा पठाएको बताउँदै आएको छ । हस्ताक्षर गरिसकेपछि उपाध्यक्ष मल्लले लामिछानेका प्रति राज्यले प्रतिशोध साँधेरै थुनामा पठाएको आरोप लगाएका छन । साथै आली देउवा सरकारले नै न्यायालय मा िहस्तक्षेप गरेको पनि आरोप लगाएका हुन ।

गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा २० पृष्ठ लामो अपिल सार्वजनिक गरेका लामिछानेले त्यहीबेलै हस्ताक्षर सङ्कलन अभियानको घोषणा गरेका थिए। त्यसअनुरूप पार्टीले हस्ताक्षर सङ्कलन जारी राखेको छ । हस्ताक्षर अभियान यतिबेला देश तथा विदेशमा चलिरहेको छ । हस्ताक्षर अभियान यतिबेला देश तथा विदेशका निकै प्रभावकारी रुपमा चलिरहेको छ भने लाखौँ हस्ताक्षर संकलन भैसकेका छन ।

रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान अहिले देशव्यापी रुपमा चलिरहेको छ । पूर्बप्रधानमन्त्री डा.बाबुराम भट्राई देखी ,एमाले कांग्रेस चुनाब जिती बनेका जनप्रतिनिधिहरु ,चर्चित कलाकार हरुसंगै पूराना पार्टीका समर्थकहरुले पनि धमाधम अभियानलाई साथ दिएका छन । यसैबिच यो अभियान अहिले देशमा मात्र होईन बिदेशमा पनि रहेका नेपालीहरुले पनि चलाईरहेका छ ।