काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले नगरका लागि छुट्याइएको ४ करोड बजेटप्रति असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री प्रदीप यादवलाई पत्र पठाएका छन । यस अगाडी पनि साम्पाङले सामाजीक सञ्जालबाटै असन्तुष्टि जनाउदै आएका थिए । उनले बजेट नै थोर भएको भन्दै आक्रोस पोखेका थिए ।
उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन । उनले पत्रमा भनेका छन् । कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको स्मरण गराउँदै आ।ब। २०८२।०८३ मा रु। ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकीको पैसा सबै एडिबी बाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाएर उचित हुँदैन। धरान उपमहानगरपालिकाले पहिले लिएको एडिबी को ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बढाउनु होला अन्यथा हामी आफै खोला खोल्सीको पानी जोडेर गुजारा गरौला भनी जानकारी गराउँदछु। एनले पठाएको पत्रमा भनिएको छ ।
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका थिए । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए। त्यस पछि खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीका खानेपानीका समस्या चाँडै समाधान गरिने आश्वासन दिएका थिए । त्यहि अनुसार उनले आर्थीक बर्ष २०८२–८३ को बजेटमा धरानाके खानेपानी समस्या समाधानका लागी भन्दै ४ करोड बिनियोजन गरेका थिए । खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको हो ।
यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको जनाएको थिए । बजेट कम भएको भन्दै उनले त्यतिबेलै सामाजीक सञ्जाल मार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका थिए । ‘कोशीको पानीको लागि ४ करोड मात्रै रु लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन १ म श्रमदानबाटै पानी खुवाउँला बरु भो १ उस्स्स्स तिम्रो योजना १’उनले फेसबुकमा लेखेका थिए । अहिले फेरि मन्त्रालयले एडिबीको ऋण लिएर धरानमा बजेट पठाउने भने पछि साम्पाङले खानेपानी मन्त्रीलाई नै पत्र पठाएका हुन् ।