Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश गरेको छ । आज भएको बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दीएको हो । उनी बिरुद्ध देउवा पुत्र जयबिरले उजुरी हालेका थिए ।

‘हिल्टन होटलमा शेरबहादुर देउवा र आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरेपछि उनी बिरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दीएको हो । अनुसार साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।

‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।