Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माधव नेपालको झाँको झारेकी झाक्री कारवाहीमा

माधव नेपालको झाँको झारेकी झाक्री कारवाहीमा

काठमाडौँ । माधब कुमार नेपालसबिरुद्ध रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिले पार्टीभित्र हलचल मच्चिएसंगै नेकपा एकीकृत समाजवादीले नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण नै सोधेको छ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले लुम्बिनीमा अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

पूूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै झाँक्रीले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग समेत गरेकी थिईन । जसको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल पनि भभएको थियो भइरहेको छ। उनले भनेकी थिईन ‘तपाईंहरू सबैलाई थाहा छ९ पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्नेरु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्नेरुएमालेबाट अलग भएर एकीकृत समाजवादी बनाएपछि माधव नेपालप्रति यो तहको शब्द प्रयोग संभवतः पहिलोपटक हो । र, संयोग– जसले एकीकृत समाजवादी बनाउन माधव नेपालको हात समातेकी थिइन्, उनै झाँक्रीले ‘मरेको सिनो’को उपमा दिइन ।

कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेनरु अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ। भनेकी थिईन । झाँक्रीलाई आयोगले स्पष्टीकरण सोधिसकेको र प्राप्त हुने जवाफका आधारमा पार्टीमा छलफल भएर आवश्यक निर्णय हुने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार झाँक्रीको अभिव्यक्तिबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ । कुनै समय अध्यक्ष नेपालको नजिकको नेता मानिने झाँक्रीले अहिले एकाएक कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीभित्र खैलाबैला भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए। पतञ्जलि जग्गा घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। यता झाँक्रीले नाम लिइनन्, तर कोशी प्रदेशका नेता बलदेव चौधरी, सांसद मेटमणि चौधरीदेखि सुदूरपश्चिमका नेता दीर्घ सोडारीसहित उक्त पार्टीका दर्जन बढी नेता विभिन्न अभियोगमा तानिएका छन् ।

सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध केही दिनअघि मात्र दाङ प्रहरीमा ५ करोड ४० लाख रूपैयाँको चेक बाउन्सको उजुरी र्पयो । उनीविरुद्ध रोल्पाका धात बुढा मगरले उजुरी हालेका थिए । चौधरीले शहरी विकासमन्त्री भएका बेला सेटिङमा विभिन्न ठेक्काको काम दिलाइदिने भन्दै कमिसन बापत बुढासँग पटक पटक गरी लिएको रकम ठेक्का दिलाउन नसकेपछि उनीहरूबीच लफडा सुरू भएको बाहिरिएको थियो ।