काठमाडौँ । भिजिट भिसामा ठगिएका युवाहरु धमाधम आफना ब्यथाहरु सुनाउदै न्यायका लागि रास्वपाका नेताहरुमा धाउन थालेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिले हजारौ भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ । जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो थियो । विमानस्थल अध्यागमन कार्यालयकै सेटिङमा भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले करिब एक महिनाअघि ठगिनेहरूलाई सूचना दिन आह्वान गरेका थिए ।
यता भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकसहित गृहका उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको समेत संलग्नता रहेको भन्दै रास्वपा र राप्रपाले अहिले पनि छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन समितिको माग गरिरहेका छन । उनीहरूले त्यसको माग गर्दै अहिले पनि सदनमा विरोध प्रदर्शन गरिरहेका छन् । तर, सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेर झारा टार्ने काम गरेको उनीहरूको आरोप छ ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसाका नाममा ठगिएकाहरूलाई सूचनासहितको निवेदन दिन भनिएक बताएका छन । एक महिनाको अवधिमा दुई हजारभन्दा धेरै निवेदन आएका छन् । अहिले तिनको अध्ययन गर्ने काम भइरहेको छ । कतिपय फेक पनि हुन सक्लान् । कतिपय तुरुन्तै एक्सनमा जानुपर्ने खालका पनि होलान् । सबैलाई अध्ययन गरी आवश्यक कारबाही प्रक्रियाका लागि पहल गर्छौँ उनले बताएका छन । यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भिजिट भिसाका क्रममा ठगिनेहरूको ठाडो निवेदन हेर्ने बताएका छन । गएको १० महिनामा पाँच सयको हाराहारीमा उजुरी परेका छन् । तीमध्ये ३० देखि ३५ प्रतिशत उजुरी फस्र्योट भएका छन् । बाँकीको मुद्दा अदालत जान्छ । यस्ता अधिकांश ठगीमा प्रमाण हुँदैन । ऋण, सापटीजस्ता शीर्षकमा रकम लेनदेन हुने गर्छ । त्यस्तो मुद्दा हामीले हेर्न मिल्दैन । पीडितलाई अदातलमा जान सुझाएका छन ।
यसैबिच हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका थिए । उनले काम गरेर खानेलाई चोरेर खानेहरुले जवाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे । सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएका छन् तर, उनले सदनमा उनीहरूमाथि निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए । सांसद अर्यालले आफ्नै ट्राभल एजेन्सीको नाम सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपलाई स्पष्ट अस्वीकार गरे । रास्वपा० का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की परेको छ । अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन् । संसद बैठक सुरू भएलगत्तै सधैँजस्तो प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि सभामुखले रास्वपाका अर्याललाई बोल्न समय दिए । अर्यालले हिजोको बैठकको प्रसंग निकाले